बोक्सी आरोप कैलाली घटनाका अभियुक्त र मेयर माथि गोलि चलाउने अभियुक्तहरु सार्वजनिक

0
319

कैलाली १ चैत – जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोपमा किशोरी कुटपिट गर्ने र घोडाघोडी नगरपालिका प्रमुखमाथि सांघातिक आक्रमण गर्नेलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली बिहीबार पत्रकार सम्मलेन गरी बोक्सी आरोपमा अमानवीय कार्य गर्ने ६ जना र नगरप्रमुखमाथि सांघातिक आक्रमण ४ जनालाई सार्वजनिक गरेको हो ।

बोक्सी आरोप घटनाको मुख्य अभियुक्त भोलेबाबा भनिने रामवहादुर चौधरी, उनकी मुख्य सहयोगी १८ वर्षीया किस्मती चौधरी, २४ वर्षीया स्मारिका चौधरी, घोडाघोडी वडा नं ५ बस्ने ३४ वर्षीय वेदप्रसाद चौधरी, सोही ठाउँका ३३ वर्षीया चनकला चौधरी र ४१ वर्षीय सितारानी चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उक्त घटनामा पिडकलाई बचाउने प्रयास गरेको भन्ने आरोप लागेका कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका ४ जनालाई पनि सार्वजनिक गरिएको छ । उनीहरु चारैजना नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नपा वडा नं १ बस्ने ४० वर्षीय कमल क्षेत्री, घोडाघोडी नगरपालिका ९ का ३६ वर्षीय भरत शाह, धनगढी उपमहानगर ८ का पूर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का हृदयराज बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

LEAVE A REPLY