मिस ईकलेजका विजेताहरु थाइल्याण्ड भ्रमण गरेर नेपाल फर्किए

काठमाडौं ४ चैत्र – सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन् ।

उनीहरुले भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सांस्कृतिक सामाजिक विषयमा वुझ्ने मौका पाएको विजेता काजोलले बताईन् त्यसैगरी उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको पनि अवलोकन गराईएको थियो ।

विभिन्न शहरहरुको अवलोकन साथै मनजोरन्जन पनि लिइ भरपुर रमाइलो गरेको फष्ट रनरअप सोफीया श्रेष्ठले बताईन् । अस्मी गौतमलाई सवैभन्दा रमाइलो सफारी पार्कमा भएको बताईन् । उक्त र्पाकमा विभिन्न जंगली जनावर बाघ भालु हरिण जिराफ उट गैडा लगायत विभिन्न प्रजातीका चराहरु साथै डल्फीन, चिम्पान्जीको खेलहरु अवलोकन गर्न पाउदै साहै खुसी लागेको कुरा व्यक्त गरिन् ।

पहिलो चोटी नेपालमानै यसरी सौन्दर्य प्रतियोगीतामा सहभागी भएर विजेताहरुलाई विदेश भ्रमणको अवसर प्रदन गर्ने उनीहरुले सिजन मिडियालाई धन्यवाद पनि दिएका छन् । “नेपालमा यस्तो विजेताहरुलाई विदेश भ्रमणको उपहार स्वरुप अवसर प्रदान गरेको पहिलो संस्था हो” सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।आगामी दिनमा आयोजना गर्ने कार्यक्रम सहभागी भएर विजेता हुनेहरुलाई एसियाका विभिन्न देशहरुको भ्रमणको अवसर प्रदान गर्ने पनि वन्तले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *