आईटम डान्समा प्रियंका कार्कीलाई नचाउदै “मट्टिमाला”को छायांकन सम्पन्न, जेठ २५ बाट देशभर प्रदर्शन (सुटिङ्ग रिपोर्ट सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ- “बेचिदिन्थे यो जवानी” बोलको आईटम डान्स छायांकन सम्पन्न गरेर नेपाली कथानक चलचित्र “मट्टीमाला” को छायांकन पुरा गरिएको छ । काठमाडौको ठमेलस्थित एउटा रेस्टुरेण्ट एण्ड बारमा चलचित्रको आईटम डान्सको छायांकन सम्पन्न गरिएको हो ।

बहुमुल्य धातु मट्टिमालाको कथालाई समेटेर निर्माण गरिएको चलचित्र “मट्टिमाला”मा “हैट” भन्ने थेगोले चर्चामा रहेका कलाकार बुद्धि तामाङ्ग, प्रियंका कार्की, चिरन राई,पृथ्वी राई,संज्ञा श्रेष्ठ,शिशिर राणा, रजनी गुरुङ, अरुण कार्की र भंगेरी डनको मुख्य भूमिका रहेको छ । यो चलचित्र आउने जेठ २५ गते रिलिज हुने निर्माण पक्षले जनाएका छन् ।

चलचित्रमा कथा तथा निर्देशन टेके पौरखीको रहेको छ भने, सहायक निर्देशन टेकराज लांघालीले गरेका छन् । चलचित्रमा द्वन्द निर्देशन भने राजेन्द्र चौधरीले गरेका छन् ।

चलचित्र “मट्टिमाला”मा तिन वटा गीतहरु रहेका छन् भने यो चलचित्रको संगीत सुमन राईले गरेका छन् । गायन तर्फ भने, बबिना किराती, सुमन राई, विक्रम राई, संगीता थापा, सुन्दर लामा र अमृता लिम्बुले स्वर दिएका छन् ।

चलचित्र छायांकनको अन्तिम आईटम डान्समा भने नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका छन् भने,सहायक नृत्य निर्देशनमा भने शिशिर खाती रहेका छन् ।

चलचित्रको कथा अनुसार “गाउँ बाट शहर आएका एकजना युवाले झोलामा मट्टिमाला बोकेका हुन्छन् । तर त्यो मट्टीमाला बहुमुल्य हो भनेर थाहा हुदैन । तर जब शहर आईपुग्छ ति युवा तब शहरका गुण्डाहरुलाई त्यो युवाको झोलामा बहुमुल्य मट्टिमाला रहेको थाहा हुन्छ । त्यसपछि कथाले कोल्टे फेर्छ ।

चलचित्र “मट्टीमाला” सामाजिक कथावस्तुमा तयार पारिएको भएपनि चलचित्र भित्र प्रशस्तै मनोरन्जनका पाटाहरु रहेका छन् । चलचित्रमा द्वन्द, हास्य करुणा सबै समेटिएको चलचित्र निर्माता तथा चलचित्रका खलनायक पृथ्वी राईले बताएका छन् ।

चलचित्र छायांकनको सुटिङ्ग रिपोर्ट यहाँ हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *