भौतिक पूर्वाधारलाई मात्रै समृद्धिको आधार मान्न हुँदैन : मन्त्री बस्नेत

  • ईन्द्र जिजीबिषा / काठमाडौ – संस्कार समाज नेपालको आयोजनामा “असल संस्कार समृद्धिको आधार” भन्ने मूल नाराको साथमा एक कार्यक्रम सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने “भौतिक पूर्वाधारलाई मात्रै समृद्धिको आधार मान्न नहुने बताए ।” उनले भने,‘समाज परिवर्तन बिनाको समृद्धिको अर्थ हुँदैन, समृद्धि हासिल गर्न समाज संस्कार यूक्त हुनुपर्छ, समृद्धि बिनाको विकास त होला तर त्यो विकासले समृद्धिलाई सम्बोधन गर्न सक्दैन ‘असल संस्कार–समृद्धिको आधार’ महा अभियानको शुभारम्भ गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

कार्यक्रमको सभा अध्यक्ष एवम् संस्थाको अध्यक्ष रहेकी पशुपति गुरुङले नेपालमा सबै चिज भएपनि असल संस्कारको अभाव रहेको टिप्पणी गरिन् । “विद्यालय पाठ्यक्रममा नैतिक शिक्षा थियो, बिचमा हटाईयो,आजको दिनमा नैतिक शिक्षाको कमि भईरहेको हामीलाई आभाष भईरहेको छ, मानिस नैतिक बन्न सकेन भने मुलुकको समृद्धि सम्भव छैन्, संस्कार सबैको घर घरमा हुनुपर्छ, आजका बालबालिका भोलिका सम्पति हुन, त्यसैले समाजले बालबालिकालाई संस्कारिला बनाउनु पर्छ।” अध्यक्ष गुरुङको भनाई थियो ।

त्यस्तै कार्यक्रममा यूवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीले यूवाहरुमा सकारात्मक सोच र समाजको लागि संस्कारी बन्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, कामपाका २६ नम्बर वडाअध्यक्ष खेम तिवारी, चन्दा पाठक, यम मैनालीले आ-आफ्ना मन्तव्य राखेका थिए ।

 

संस्थाले जारी गरेको प्रेस विज्ञप्ती यस्तो छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *