माओबादि एमाले पार्टी एकता बाट पछि हट्न नसक्ने

काठमाडौ- नेकपा माओबादि केन्द्रका अधक्ष पुष्पकमल दाहाल प्रचण्डले माओबादि एमाले पार्टी एकता बाट पछि हट्न नसक्ने बताएका छन् । उनले शुक्रबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताएका छन् । शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् ।

एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको नेताहरुले बताएका छन् ।

एमाले र माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुवै पार्टीका कति–कति सदस्य रहने भन्ने विषयमा कुरा नमिलेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *