खिम्ती–काठमाडौं प्रसारण लाइन निर्माण कार्य शुरु

काठमाडौं – २५०० मेगावाट क्षमताको खिम्ती–काठमाडौं प्रसारण लाइन निर्माण कार्य शुरु भएको छ । खिम्ती (बाह्रबीसे)–काठमाडौं २२०/४०० केभी प्रसारण लाइनको ठेक्का सम्झौता भइसकेको छ भने मुआब्जालगायत कामसमेत सुरुवात भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्त आयोजना पनि निर्माणको क्रममै रहेको छ ।

अपर तामाकोशीको ४५६ मेगावाटसहित तामाकोशी करिडोर, रामेछाप, १०२ मेगावाटको मध्यभोटेकोशी र बलेफी करिडोरमा उत्पादन भएको विद्युत्त यो प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।

रामेछापको खिम्ती देखि सिन्धुपाल्चोकको बाह्रबीसेसम्म ४४ किलोमिटर प्रसारण लाइनको पहिलो प्याकेजमा काम हुनेछ भने दोस्रो प्याकेज २ मा बाह्रबीसेदेखि काठमाडौंको लप्सेफेदीसम्म ४६ किलोमिटर र लप्सेफेदीदेखि चाँगुनारायणसम्म १३२ केभी प्रसारण लाइनमा जोडिने कार्य दोस्रो प्याकेजमा हुने बताईएको छ ।

अन्तिम प्याकेजमा भने बाह्रबीसेमा सब–स्टेशन र खिम्तीमा सब–स्टेशन निर्माण गरिने छ । प्रसारण लाइन, सब–स्टेशनलगायत कामका लागि चिनियाँ र भारतीय ठेकेदारलाई निर्माणको जिम्मा दीइएको छ ।

एसियाली विकास बैंकको ९ अर्ब ऋण अनुदानमा निर्माण हुने यो प्रसारण लाइन सन् २०२१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पहिलो प्याकेजको सन् २०१९ को मे २५ मा सम्पन्न गर्नुपर्ने छ भने दोस्रो प्याकेज निर्माण शुरु भएको ९७० दिनभित्र सम्पन्न गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *