तिर्थयात्रु बोकेको बस दुर्घटना हुँदा सातजना घाइते

पर्वत – पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान तिर्थयात्रु बोकेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो ।

घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडौं महानगरपालिका–१६ कि ३८ वर्षीया उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीया विन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ का २४ वर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका–४ कि१५ वर्षीया स्नेहा गुरुङ रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गाडीमा २६ जना यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *