ट्याक्सीहरुलाई अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी

वैशाख १३ , काठमाडौं – सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लागिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अब ट्याक्सी व्यवसायीलाई पनि अनलाइन सर्भिस बुकिङ सिस्टममा जान अनिवार्य गरिने बताएका हुन् । सरकाको यो तयारी सगै पहेँलो रंगमा ‘ट्याक्सी’ लेख्न अनिवार्य गरिनेछ । फरक-फरक रंगमा लेखिँदा यात्रु झुक्किने समस्या छ ।

अहिले ट्याक्सी व्यवसायीहरुको पनि फरक-फरक संघ छन् । अब यातायातसम्वद्ध कुनै संघसंस्था नवीकरण नहुने भएकाले ट्याक्सी व्यवसायीहरुलाई साउनसम्म अनिवार्य रुपमा कम्पनीमा जानुपर्ने अवस्था छ । यही मौकामा मिटर बिलिङ र अनलाइन बुकिङ लागू गर्न सके सफल हुने सरकारको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *