मिस मंगोलको भोटिङ्ग राउण्डमा जाङमु इन शेर्पा

ईन्द्र जिजीबिषा /  काठमाडौ – संखुवासभामा जन्मिएर पछिल्लो समय मोडलिङ्ग तथा कार्यक्रम प्रस्तोताको रुपमा चिरपरिचित नाम हो जाङमु इन शेर्पा । ११ वर्षको उमेरमै  ‘मिस किड क्विन नेपाल’ मा भाग भएकी जाङमु इन शेर्पाले त्यतिबेलै देखि आफ्नो क्षमता वृद्धि गरेकी हुन् ।

त्यसपछि उनले विभिन्न थुप्रै ब्युटी प्याजेन्टमाहरुमा  सहभागी हुँदै दुई दर्जन भन्दा बढी म्युजिक भिडियोहरु लगायत थुप्रै टेलि चलचित्रहरुमा पनि काम गरिसकेकी छन् । एक्सन इन्टरटेन्मेण्टको आयोजनामा भईरहेको ‘मिस मंगोल २०१८’ का लागि टप १९ मा परेकी जाङमु इन शेर्पालाई  उपाधि दाबेदारको रुपमा पनि हेरिएको छ ।

“मिस मंगोल २०१८” आफूले जिते देश र समाजको निम्ति आफूले सकेजति र जानेजति राम्रो गर्ने बताउछिन् । हरेक मान्छेलाई सगरमाथा चढनको लागि समाउने र टेक्ने अखडा चाहिन्छ । यसैले, समाज, देश र समुदायको निम्ति केहि राम्रो परिवर्तन गर्नको लागि मेरो यो त्यहि खुट्किलो बन्न सक्ने सिलिचुङ्ग टिभि संगको भेटमा बताईन् ।

‘मिस मंगोल’ को ताज जित्न आफूमा पर्याप्त आत्मविश्वास, क्षमता र दक्षता भए पनि दर्शक, श्रोताहरुको भोटविना माथि पुग्न सम्भव नहुने भएकोले आफ्ना सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफ्नो मोबाईलको मेसेज बक्समा गएर MM 02 लेखेर 34343 मा पठाउन अनुरोध समेत गरेकी छन् ।  तपाईको एक भोट नै निर्णयक बन्न सक्छ, त्यसैले सबैले मलाई एक भोट गरिदिनुहोस भनेर बिनम्र आग्रह गर्छिन् जाङमु इन शेर्पा ।

सम्भवत शेर्पा समुदायकै पहिलो मोडल जाङमु इन शेर्पा थुप्रै कार्यक्रम प्रस्तोताको रुपमा नेपालभित्र बाहेक स्वीजरल्यान्ड, थाइल्यान्ड, मलेसिया तथा युरोपका विभिन्नि देशमा पुगिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *