अखिल नेपाल हिन्दु महासभाले हिन्दूराष्ट्र पूर्नः स्थापनको लागि अभियान थाल्ने

काठमाडौं २८ जेठ- अखिल नेपाल हिन्दु महासभाले ‘हाम्रो स्वाभिमान वैद्धिक सनातन हिन्दुराष्ट्र रक्षा अभियान’ भन्ने मुल नाराका साथ नेपाललाई वैद्धिक सनातान हिन्दुराष्ट्र पुनःस्थापनाको लागि अभियान थाल्ने भएको छ ।  आईतबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर सुरुमा सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि आफ्ना मागहरूप्रति सरकार गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष महामाया प्रसाद सिंहले हिन्दुराष्ट्र नेपाल र नेपालीको पहिचान भएको बताए । उनले भने,‘हाम्रो देशमा ९४ प्रतिशत हिन्दुहरूको बसोवास छ, हिन्दुराष्ट्र नै हाम्रो पहिचान हो, हाम्रो पहिचान कायम राख्नको लागि हामी जुनसुकै हत्कण्डा अपनाउन तयार छौ’

एनले अघि थपे,‘वर्तमान सरकार र नेताहरू जनताको दुःखमा साथ दिन सकिरहेका छैनन्, अर्कोतर्फ हिमाली, पहाडी, मधेशी भनेर विभेदको राजनीति गरिरहेका छन्, हामीलाई यी कुराहरु स्विकार्य छैन, धर्मको नाममा मरिरहेका छन्, जातजाति र भूगोलको आधारमा राजनीति गरेको कारण हिमाल, पहाड र मधेशबीचको भातृत्वलाई सखाप पार्ने काम भएको छ, यो न त नेताको हितमा छ न त मुलुकको हितमा नै।’

कार्यक्रममा संघका उपाध्यक्ष श्याम क्षेत्री, अखिल नेपाल–भारत हिन्दु सभाका केन्द्रिय सदस्य बाबा सौरव नाथ, संघका केन्द्रिय सदस्य युगप्रसाद धमला, श्यामसुन्दर श्रेष्ठ लगायतले आफ्ना कुरा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *