अज्ञात व्यक्तीबाट हलेसी एफएमको उपकरण तोडफोड

halesi fm janeratorसुचना खबर -चिसाङ्ग शेर्पा,असोज १३ खोटाङ्ग
अज्ञात व्यक्तीले खोटाङको सामुदायीक रेडियो हलेसी एफएमको मुढेस्थित मूख्य टावरको जेनेरेटर तोडफोड गरेको छ ।

सदरमुकाम दिक्तेलबाट डेढघण्टा माथि रहेको मुढेडाँडामा रहेको भवनमा राखिएको दुई वटा जेनेरेटर तोडफोड हुँदा १ लाख २५ हजार बराबरको क्षती भएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए ।

टावरका प्राबिधिक डिबी तामाङ पेट्रोल लिन दिक्तेलबजार झरेको मौकामा मंगलबार दिउँसो भवनको झ्याल फोडेर एफएमको जेनेरेटर तोडफोड भएको हो । तोडफोडबाट एफएमको दुबै जेनेरेटरको मोटर, फिल्टर, तेलको ट्यांकी, तार लगायतमा क्षती पुगेको प्रहरीले जनाएको छ ।

एफएमको उपकरण तोडफोडको बिषयमा सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न माग गर्दै प्रशासन र प्रहरी समक्ष जाहेरी दिइएको एफएमले बताएको छ । घट्नापछि सई प्रेम बुढाथोकीको टोली बुधबार बिहान सर्जीमिन मुचुल्का तयार पार्न मुढेस्थित एफएमको टावर पुगेको थियो ।

बिहान १० बजेसम्मको प्रशारण पूरा गरेर दिउँसो ४ बजे पुःन प्रशारण सुरु गर्न खोज्दा एफएमको उपकरण तोडफोड भएको थाहा भएको हो । तोडफोडको कारण र संलग्न व्यक्तीको पहिचान हुन सकेको छैन ।

मुढेमा रहेको एफएमको दुई वटा घरमध्ये एउटा घरमा राखिएको ट्रान्समिटर, रिपिटर टावरको ईन्कोडर लगायतका सामग्री भने सुरक्षित छन् । २ सय ५० वाटमा सञ्चालनमा रहेको एफएमले रिपिटर लिंकमार्फत दिक्तेलबजारबाटै दैनिक बिहान ५ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि १० बजेसम्म नियमित प्रशारण गर्दैआएको छ ।
यसैबीच,हलेसी एफएमको उपकरण तोडफोड भएको घट्नाप्रति नेपाल पत्रकार महासंघ शाखा खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका तर्फवाट अध्यक्ष दमन राईले बुधबार बिज्ञप्ती जारी गर्दै दोषी पत्ता लगाएर कारबाही गर्न प्रशासन समक्ष आग्रह गरेको छ । खराब मानसिकता भएका व्यक्तीले आफ्नो कमजोरी ढाकछोपका नाममा सञ्चार माध्यममाथि आक्रमण गर्ने गरेको उल्लेख गर्दै महासंघले घट्नाले पत्रकारलाई ‘त्रसित नभै खराब प्रबृत्तिका बिरुद्ध लड्न झनै ढृड’ बनाएको जनाएको छ । महासंघले खराब प्रबृत्तिका बिरुद्ध तथा सकरात्मक कामका पक्षमा निर्भिकरुपमा कलम चलाउन पत्रकारलाई आग्रह गरेको छ ।

‘खराब प्रबृत्ति भएका व्यक्तीहरुबाट आफ्नो गल्ती र कमजोरी ढाकछोप गर्ने नाममा सञ्चारजगतमाथि यस्ता पटमुर्ख हर्कत हुने गरेको छर्लङ्गै छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामीमाथि हुने यस्ता आक्रमणले हामीलाई ‘त्रसित होईन खराबका बिरुद्ध लड्न झनै ढृड’ बनाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *