अधिवक्ता सुर्य सम्बाहाम्फे पालिकाको अध्यक्षमा उम्मेदवार

काठमाडौ १ असार – स्थानिय तहको दोस्रो निर्वाचनमा अधिवक्ता सुर्यप्रसाद सम्बाहाम्फे गाउँ पालिकाको अध्यक्षमा उम्मेदवार भएका छन् । विगत लामो समय देखि अदालतमा वकालत गर्दै आएका अधिवक्ता सुर्यप्रसाद सम्बाहाम्फे पाँचथर जिल्लाको तुम्बेवा गाउ पालिकाबाट नयाँ शक्ति पार्टि नेपाल, संघिय समाजवादी पार्टी नेपाल र संघिय लिम्बुवान पार्टि नेपालको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । अधिवक्ता सम्बाहाम्फे विगतमा लामो समय पत्रकारीता पेसामा समेत सक्रिय थिए । सम्बाहाम्फेको चुनाव चिन्ह एक हातले समातेको मशाल रहेको छ ।

नयाँ शक्ती पार्टी नेपालको ५ वटा “स”लाई मुख्य आधार बनाएर देश समृद्धिको लागी चुनावी मैदानमा उत्रिएका सम्बाहाम्फेले निक्कै राम्रा-राम्रा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफूलाई गाउँ पालिकाको अध्यक्ष पदमा जिताए अरु नेताले जस्तो कुरा मात्रै नगर्ने र कुरा गर्ने भन्दा धेरै काम गर्ने समेत बताएका छन् ।

सम्बाहाम्फेका चुनावी घोषणा पत्र यस्तो रहेको छ

अरुले गर्छन् कुरा हामीले गर्छौ पुरा ।

नेपालको इतिहासलाई गम्भिरतापूर्वक मननु गर्दा नोपली जनताले हरेक अधिकार प्राप्तिको लडाइँमा विजय प्राप्त गरेको छ । प्राप्त उपलब्धिलाई व्यवस्थापन गर्ने लडाइँमा सँधै पराजित हुन परेकोले संविधान जारी भइसक्दा पनि नेपाली जनतलाई अधिकार प्राप्तिकै लडाइँमा होमिनुपर्ने बाध्यता छ । नेपालजस्तो जातयि विविधतायुक्त मुलुकमा आर्थिक, वर्गीय समस्याको मात्र निकास खोजेर सामाजिक समस्यालाई एकातिर पन्छाइराख्दा नै आर्थिक तथा सामाजिक समृद्धिमा मुलुकले निकास पाउन सक्दैन ।

राष्ट्रिय एकता झन कमजोर बन्दै गएको सर्वविदितै छ । तसर्थः राष्ट्रिय समस्याको दीर्घकालिन समाधान खोजी शान्ति कायम गर्न सके मात्र मुलुकले समृद्धि हासिल गर्ने भएकाले २०७४ साल आसार १४ गते सम्पन्न हुन गइरहेको आसन्न स्थानीय निर्वाचनमा “पहिचान र अधिकारसहितको संघीयता देशको स्वाभिमान समतामुलक समृद्धि र स्थानीय विकास हाम्रो अभियान” भन्ने मुल नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्च, संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले संयुक्त उम्मेदवारी दिँदै एक हातले समातेको मसाल चुनाव चिन्हमा मतदान गरी अत्यधिक बहुमतले हाम्रा उम्मेदवारहरूलाई विजय गराई सेवा गर्ने अवसर दिन हुन हार्दिक अपिल गर्दछौं ।

हाम्रा प्रतिवद्धताहरू

१. तुम्बेवा गाउँपालिकालाई नोपलको राजधानी काठमाडौंलगायत अन्य ठूला सहरबजारहरूसँग हवाई मार्गमा जोड्न वडा नं. ३ को बिजुलीभञ्ज्याङ, पसलटारमा विमानस्थल (एयरपोर्ट) निर्माण सम्पन्न गर्ने ।

२. तुम्बेवा गाउँपालिकाको सबै वडाहरूमा (साविक आङ्ना, मौवा, वलने र हाङ्गुम)बासी जनताहरूलाई मध्यनजर गरी चक्रपथ (रिङरोड) आगामी पाँच वर्षमा निर्माण गर्ने । १६ फिट चौडाइ सकडलाई ५ वर्षभित्र ग्राभेल र १० वर्षभित्रमा कालोपत्रे (पिच) सडक निर्माण सम्पन्न गरिनेछ ।

३. ङाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी ५ (पाँच) मेगावाटको विद्युत उत्पादन गरी तुम्बेवा गाउँपालिकालाई लोडसेडिङमुक्त बनाउने र विभिन्न उद्योग, कलकारखाना सञ्चालन गरी युवाहरूलाई स्वरोजगार दिलाउने ।

४. काकाकुल खानेपानी समस्याबाट वर्षौदेखि समस्याग्रस्त तुम्बेवाबासी जनतालाई पानीको मुहान पहिचान गरी सुरुङमार्ग तथा तमोरको पानीको आवश्यक अनुसन्धानबाट लिफ्टिङ सिस्टम परियोजनाबाट खानेपानी तथा सिचाईको व्यवस्थापन गरिनेछ ।

५. तमर–दशमीबजार सडक २० फिटे स्तरोन्नती गरी आगामी ५ (पाँच) वर्षमा ग्राभेल र थप १० (दश) वर्षभित्रमा कालोपत्रे –पीच) सडक निर्माण सम्पन्न गरिनेछ ।

६. तुम्बेवा गाउँपालिकामा नेपाली र लिम्बूभाषालाई कामकाजको भाषा बनाइनेछ ।

७. तुम्बेवा डाँडामा राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको आजसम्मकै सबैभन्दा ठूलो शालिक निर्माण कार्य सम्पन्न गर्ने र अन्य धार्मिक, सांस्कृतिक, पर्यटकीय महत्वका मठ, मन्दिर, गुम्बा र चर्चको सम्मान दृष्टिकोणले विकास गर्दे जाने ।

८. तुम्बेवा गाउँपालिकाको सदरमुका मौवाडाँडामा निर्मित बजारमा भविष्यमा आइपर्ने सहरीकारण मापदण्ड बजारको बीच २० फिटे सडकको मापदण्ड स्तरोन्ती गरिनेछ । उक्त २० फिटे सडकको दाँयाबाँया ५÷५ फिट खाली छोडेरमात्र घर या कुनैपनि भवन निर्माण गर्नुपर्नेछ । स्थानीय निकायको निर्वाचन २०७४ असार ११४ गतेभित्र निर्माण सम्पन्न भइसकेका घर, भवनहरूको उचित मुआब्जा उपलब्ध गराइने छ । उक्त घर, भवन, सरोकारवाला व्यक्ति आफैले भत्काउनुपर्नेछ । उक्त सहरीकरणको ढल निकास, फोहरमैलाको समेत निश्चित ठाउँमा व्यवस्थापन गरिनेछ ।

९. तुम्बेवा गाउँपालिकाबासी सेवाग्राही जनतालाई कुनै पनि राजनीतिक पूर्वाग्राही, प्रतिशोधका कारण बिना भेदभाव काममा ढिलासुस्ती नगरी न्यायिक रूपले छिटोछरितो सेवा उपलब्ध गराइनेछ । साथै पीडकबाट पीडित जनतालाई निःशुल्क कानुनी परामर्श तथा सल्लाहसमेत सेवा उपलब्ध गराइनेछ ।

१०. तुम्बेवा गाउँपालिका क्षेत्रभित्र मनोरञ्जनात्मक पर्यटकीइ पार्क, भ्यूटावर, रिसोर्ट, होटल एण्ड रेष्टुरेन्ट, निजी तथा सरकारी स्तरबाट आवश्यक ठाउँको खोज अनुसन्धान गरी स्वदेशी तथा विदेशी पर्यटक र इच्छुक नेपाली युवायुवतीहरूलाई खुल्ला गरिनेछ ।

११. केन्द्रीय तथा स्थानिय निकायबाट बिनियोजित विकास निर्माणका आयोेजनाहरू नियतबस कागजी रूपमा मात्र विकास निर्माण कार्य सम्पन्न गरेको पाइएमा त्यस्ता व्यक्तिहरूलाई राज्यको कुनै पनि किसिमको सेवा सुविधा उपलब्ध गराइनेछैन । त्यस्ता व्यक्तिहरूलाई तुम्बेवा गाउँपालिकाबाट समेत विस्थापित गराइनेछ ।

१२. युवा तथा महिला सशक्तिकरढा खेलकुद, जेष्ठ नागरिक, लब्धप्रतिष्ठित, सर्वोत्कृष्ठ नजिता हासिल गर्ने गरिब तथा जेहेन्दार छात्रछात्रालाई आवश्यक व्यावसायिक, प्राविधिक शिक्षाको लागि आर्थिक सहयोग तथा उपदान दिई दक्ष जनशक्ति उत्पादन गरिनेछ ।

१३. तुम्बेवा गाउँ पलिकाको आवश्यक योग्य जनशक्ति, कर्मचारी नियुक्ति गर्दा स्थानीयहरूलाई प्राथमिकता दिइनेछ । जातीय समानुपातिक, अपाङ्गता भएका व्यक्तिहरूलाई समेत समेटी अपाङ्गमैत्री युवा स्वरोजगारको जातीय सन्तुलनको आधारमा योग्य व्यक्तिहरूलाई नियुक्ति गरिनेछ ।

१४. सडकवत्ति, सार्वजानिक शौचालय, सडकपेटीहरूमा पुष्पजन्य तथा हरित बोटबिरुवा वृक्षारोपण, पुस्तकालय, कलेज, प्राविधिक शिक्षालय र स्कुलको हकमा विद्यार्थी बढि भएका स्कुललाई शिक्षक दरवन्दी, आर्थिक अनुदान र विद्यार्थीको अभावमा चल्न नसकेका स्कुलहरूलाई खारेज गरी पायक पर्ने स्थानमा स्कुल समायोजन गरिनेछ ।

१५. तुम्बेवा गाउँपालिकाको सदरमुकाम मौवाडाँडाबाट तुम्बेवा चुचुरो माङहिम पुग्न केवलकारको स्थापना गरी पर्यटकीय क्षेत्र निर्माण गर्ने प्रतिवद्धता पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *