अध्यादेशका बारेमा छलफलमा सहमति हुन सकेन

काठमाडौ ७ पुस- राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक वालुवाटारमा कुनै सहमति हुन सकेन । बैठकमा दलहरुले पूर्ववत अडान नछोड्दा सहमति जुटन नसकेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति नहुने कांग्रेस नेता रामचन्द्र पौडेलले बताएका छन् । सहमतिका लागि माओवादी केही लचक हुन खोजेपनि एमालेले आफ्नो अडान नछाड्दा सहमति नभएको पौडेलको भनाई छ ।

बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमति गरेर अध्यादेश राष्ट्रपतिकोमा पठाउनुपर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकाले सहमति नभएको बताए ।

दलहरुबीच राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय वा बहुमतिय प्रणाली अन्तरगत गर्ने भन्नेमा कांग्रेस र बाम गठबन्धनबीच विवाद हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *