अन्तराष्ट्रिय गायक राजेश पायल राईलाई मिलाप म्यागेजिनले गर्यो सम्मान

ईन्द्र जिजीबिषा/काठमाडौ- चर्चित गायक राजेश पायल राई मिलाप म्यागेजिनले सम्मान गरेको छ । हालै अमेरिकाको रोचेस्टर सिटिबाट अन्तराष्ट्रिय गायकको उपाधि पाएका राजेश पायल राईलाई मिलाप म्यागेजिनले सम्मान गरेको हो।

नेपाली गायन क्षेत्रमा अग्र पंतिमा रहेका राजेश पायल राई ‘राई इज किङ’ हुँदै ‘मेगास्टार’को रुपमा ख्याती कमाइसकेका छन् । गायक राईको सम्मानमा अमेरिकाको रोचेस्टर सिटीले प्रत्यक ५ नोभेम्बरलाई ‘राई इज किङ’ को नाममा फेस्टिवल मनाउने घोषणा समेत गरेको छ ।

सम्मान कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, निर्वतमान अध्यक्ष शान्तिप्रिय, इतिहासविद् तथा प्रा.डा सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शान्ताराम विडारी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, अन्तराष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नायिका सारिका घिमिरे लगायत सयौ कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

फोटो राम रेप्चुङ्गको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES