अपहरणको पोल खुल्ने डरले प्रेमिकाको हत्या

काठमाडौ १० चैत्र, हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । न्युरोडका ब्यापारी श्यामसुन्दर अग्रवाल अपहरणका मुख्य योजनाकार प्रकाश लामिछानेको प्रेमिका राधिका श्रेष्ठको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो ।

श्यामसुन्दर अग्रवालकै पसलमा काम गर्ने राधिकाले अपहरणको पोल खुलाउने त्रासले अपहरणकारीले राधिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत फागुन ५ मा न्युरोडबाट अपहरणमा परेका अग्रवाल आठ लाख फिरौती बुझाएर अपहरणमुक्त भएका थिए ।

उनी अपहरण भएकै दिन श्रेष्ठको हत्या भएको थियो। अग्रवालको अपहरणमा राधिकाको समेत संलग्नता देखिएको थियो । प्रहरीले अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा २ जना सहयोगीलाई पक्राउ गरे पनि मुख्य अभियुक्त लामिछाने भने अझै फरार नै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *