अब सरकारले नेता,सांसदहरुलाई पाइलै पिच्छेको भत्ता सहित सरकारी आवास दिने

samsad bhattaकार्तिक ६ काठमाडौ, संसद सचिवालयले गरेको प्रस्तावित सुविधाअनुसार अब सांसदहरुले मन्त्री, प्रधानमन्त्रीले जस्तै सरकारी आवास पाउने भएका छन् । त्यसका लागि सरकारले सरकारी घरको बन्दोबस्त गर्नुपर्नेछ ।

संसदका पदाधिकारी र सदस्यहरुको सेवा सुविधाका लागि बनेको विधेयकले सरकारी आवासको व्यवस्था गर्नुपर्ने र सरकारी आवास तयार नहुँदासम्म राज्यले नै उनीहरुलाई मासिक १८ हजारदेखि २८ हजार रुपैयाँसम्म आवास भत्ता दिनुपर्ने प्रस्ताव गरिएको छ । आवासमा प्रयोग हुने फर्निचरसमेत राज्यले नै किनिदिनेछ । राज्यले संसदका पदाधिकारीहरु सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षका नेता र प्रमुख सचेतकहरुलाई गाडी तथा इन्धन सुविधा उपलब्ध गराउने छ ।
उनीहरुले गाडी मर्मत तथा इन्धन हालेका नाममा जति पनि खर्च पेश गर्न सक्नेछन् । गाडी सुविधा नपाउने सदस्यहरुलाई भने ट्याक्सी भाडा उपलब्ध गराउने छ ।

हरेक सांसदले सबै खालका उपचार खर्च र लुगा भत्ता समेत पाउनेछन् । यसरी सांसदहरुको सुविधा बृद्धि गर्न संसद सचिवालयले सांसदहरुलाई ‘नेता भत्ता’देखि ‘पैदल भत्ता’सम्म दिने प्रस्ताव गरेको छ ।

विभिन्न भत्ता र सुविधा जोड्दा सभामुखको मासिक आम्दानी करिब एक लाख १९ हजार रुपैयाँ हुनेछ । त्यसको अतिरिक्त सांसदहरुको यात्रा बीमाको समेत व्यवस्था गरिएको छ । यस्तै कुनै सांसदको मृत्यु भएमा उसको परिवारको सदस्यले २ लाखसम्म पाउनेछन् । हरेक यात्रामा सांसदको १० लाखको बीमा हुन्छ ।
यस्तै एउटा सांसदले सबै सुविधा गरी करिब ९२ हजार रुपैयाँ मासिक बुझ्नेछ । त्यसका अतिरिक्त हरेक सांसदलाई ५० हजारसम्म आर्थिक सहायता दिन सकिनेछ । यसका अतिरिक्त उनीहरुले हरेक एक कोस हिँडेपछि २५ रुपैँयाँका दरले पैसा पाउनेछन् । भने विदेश गएपछि नेता भत्ता पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *