अमेरिका जाने इडिभि फारम आज बाट खुल्यो

edvअसोज १८ काठमाडौं । सन् २०१८ कोलागि अमेरिकी डिभि ( इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) को लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।

केहि ब्याक्तिगत संघ संस्थाहरुले अगाडि बाटै फारम भर्दै आए पनि, अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।

इडिभि भर्न www.dvlottery.state.gov  अनलाइन मार्फत सिधै भर्न सकिने छ । फारम भर्दा आफ्नो पति पत्नी वा २१ बर्ष भन्दा मुनिको छोराछोरीको नाम उल्लेख गर्नु पर्ने अमेरिकी दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES