अरवियन देशहरुबाट कतार एक्लियो

काठमाडौ २२ जेष्ठ- अरबियन राष्ट्र कतार कुटनितिक सम्बन्धबाट एक्लिएको छ ।कतारले आतंकवादलाई प्रोत्साहन गरेको भन्दै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, इजिप्ट र यमनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । युएईले कतारी कुटनीतिकलाई ४८ घण्टाभित्र आफ्नो देश छोड्न अनुरोध गरेको छ ।

ती देशहरुले कतारसँग जल, स्थल र हवाई सम्बन्धसमेत रद्द गरेका छन् । यस घोषणासँगै ती देशका विमान कम्पनीहरुले कतार उडान रद्द गरेको जानकारी गराएका छन् । साउदीको सरकारी सञ्चार माध्यम साउदी प्रेस एजेन्सीका अनुसार साउदीले कतारसँगको सीमासमेत सिल गरिसकेको जनाएको छ । कतारको र साउदीसँग मात्रै स्थलसीमा जोडिएको छ ।
कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना झिकेर ‘अरबीक समूह’बाट पन्छिएको आरोप साउदीले लगाएको छ । साउदीले कतारलाई क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधि गरेको तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

साउदीले कतारी नागरिकलाई १४ दिनभित्र आफ्नो देश छोड्न आदेश दिएको छ । उसले कतारी नागरीकलाई ट्रान्जिटको लागि समेत प्रवेश गर्न रोकेको छ । साउदीले आफ्ना नागरीकलाई १४ दिनभित्र कतारमा नबस्न र यात्रा नगर्न पनि आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *