अलग अभियान अन्तर्गत,अलग आर्ट हबको साप्ताहिक शनिबार विशेष कार्यक्रममा आभा मुकारुङ्गको जोडदार प्रस्तुती

 ईन्द्र जिजीबिषा-मंसिर ५ काठमाडौ, अलग अभियान अन्तर्गत,अलग आर्ट हबको साप्ताहिक शनिबार विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ । विगत केही बर्षदेखि निरन्तर, गीत-संगीत र नृत्य सिक्न चाहनेहरुलाई प्रशिक्षण दिदै आएको अलग अभियान अन्तरगतको अलग आर्ट हबले हरेक शनिबार विशेष कार्यक्रम गर्दै आएको, अलग अभियानको संयोजक नाकिमा नाकिमले सूचना खबरलाई जानकारी दिए ।

शनिबार सम्पन्न भएको कार्यक्रममा चर्चित गायिका आभा मुकारुङले ए माझिदाई, तारी त देउ मलाई बोलको गीत गाएर उपस्थित सबैलाई मुकदर्शक बनाएका थिए। यसैगरी,अलग आर्ट हबका संगीत प्रशिक्षक मन्डल साम्पाङले पनि आफ्नो प्रस्तुति दिएका थिए। रेवत राई र कला किराँतीले पनि गीत गाएर सुनाएका थिए । कवि बम बानियाँले मान्छे जोत्ने शहर शिर्षकको कविता सुनाएका थिए भने कोरिया बाट छुट्टिमा नेपाल आएका एलजी विबसले केही कविता सुनाएका थिए ।

अलग आर्ट हबमै, संगीतको कक्षा लिइरहेका केही नयाँ कलाकारहरुले पनि गीत गाएर सुनाएका थिए । सोही कार्यक्रममा, कोरियामा कार्यरत एलजी विबसले, कोरियामा संकलन गरिएको १२,५६० रुपैयाँ र एल्बम अलग अभियानका संयोजक नाकिमा नाकिमलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम सुरजचन्द्र घिसिङ्गले संचालन गरेका थिए  ।

अलग अभियानको कार्यक्रममा आभा मुकारुङले गाएको गीतको भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *