आंशिक प्राध्यापक संघले भोलि बालुवाटार घेर्ने

काठमाडौं ३ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० बर्ष पहिले आफ्ना मागहरू सम्बोधन गर्छु भनेर गरेको सम्झौता पुरा नगरेको भन्दै आंशिक प्राध्यापकहरूले भोलि बिहान ‘जेठ ४’गते  बालुवाटार घेर्ने भएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा नेपाल आंशिक प्राध्यापक संघले पत्रकार सम्मेलन गरेर २०६५ सालमा प्रधानमन्त्री रहेकै बेला प्रचण्डले आफ्ना माँगहरु पुरा गर्छु भनेर गरेको सम्झौता अझै पूरा नगरेको भन्दै भोलि बिहान बालुवाटार घेराउ गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष शशीकुमार शर्माले आफुहरूको आन्दोलन व्यक्तिगत लाभको लागि भन्दापनि त्रिभूवन विश्वविद्यालय सुधारको लागि भएको दाबी गरे । उनले अघि भने,‘त्रिविमा १४ सय बढि दरबन्दी छ, त्रिविले सरकारलाई मुख ताक्छ, सरकारले त्रिविलाई भन्छ, आंशिक प्राध्यापकहरूलाई दिनमा ६ वटा विषय पढाउन लगाउने पारिश्रमिक दिँदाखेरी सौतेनी व्यबहार गर्ने यो राज्यको नीतिप्रति हामी आपत्ति प्रकट गर्दछौँ।’

कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका संयोजक यादव लामिछानेले आंशिक प्राध्यापकहरूका माग सम्बाधन गर्नको लागि त्रिभूवन विश्वविद्यालय नै अघि सर्नुपर्ने बताए ।

उनले भने,‘आंशिक प्राध्यापकहरूका मागहरू धेरै छैनन्, हामीसँग सडकमा ओर्लिने हैसियत पनि हुँदैन, तर राज्यले यो अवस्था सिर्जना गरेको अन्तिम परिस्थितिमा यो पनि सामान्य लाग्छ, आंशिक प्राध्यापक र करार प्राध्यापकलाई स्थायी गर्नुपर्छ र आगामी दिनमा आंशिक र करार प्राध्यापक नियुक्ति गर्न पूर्ण रोक लगाउनुपर्छ।’

प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिनाले आंशिक प्राध्यापकहरूका मागहरू सम्बोधन गर्नको लागि पेशागत तथा वैचारिक संगठनहरू एक हुनुपर्ने बताए ।

यहि जेठ ४, ५ र ६ गते देशभरका ६० वटा क्यापसमा प्राध्यापनमा संलग्न आंशिक प्राध्यापकहरूले बालुटार घेराउ गर्न गर्नको लागि राजधानी आईसकेको जानकारी गराउँदै महासचिव भण्डारीले पहिलो चरणको आन्दोलनले सफलता नपाए दोस्रो चरणको आन्दोलन सुरु गर्ने उद्धघोष गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संघका सह–संयोजक रामेश भटराई, नेपाल आंशिक त्रिवि प्राध्यापक संघका योगेन्द्रनारायण भडभडिया,नेपाल प्राध्यापक संघ रामेश्वर उपाध्याय लगायतले आफ्ना क्ुराहरू राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *