आइएसले गर्न लागेको ठूलो हमलाको योजना बिफल

paris_tourist_ भदौ २५, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा गिरफ्तार गरिएका तीन संदिग्ध महिलालाई चरमपन्थी संगठन इस्लामिक स्टेटबाट निर्देशन मिल्ले गरेको पाइएको छ ।

पेरिसका अभियोजक फ्रास्वा मालिन्सका अनुसार आइएस महिलालाई चरमपन्थी बनाउन चाहन्थ्यो ।
आइतबार पेरिसको नात्र डाम कैथड्रल नजिक ग्यासको भाडो भेटिएको थियो । त्यसपछि बुधबार यी तीन महलिालाइृ नियन्त्रणमा लिइएको जनाइएको छ ।

गिरफ्तारको समय एक महिलाले प्रहरी अधिकारीमाथि चक्कु प्रहार गरेकी थिइन् । नियन्त्रणमा लिइएका महिलामध्ये एक १९ वर्षीय युवतीले एक चिठि्ठमा आइएसलाई समर्थन गरेकी थिइन् ।

नियन्त्रणमा लिइएका मध्ये एक महिलाको सम्बन्ध लारासी अबाला तथा लादेल केरमिशसँग थियो जसले मे महिनामा दुई प्रहरी अधिकारीको हत्या गरेका थिए ।
लारासी अबालेले प्रहरी अधिकारीको हत्या गरेसँगै आत्महत्या गरेका थिए । आदेल केरमिशले जुलाइमा एक चर्चका पादरीको गला रेटेर हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES