आउँदो शनिबार राजधानीमा ‘वसन्त कविता’ कार्यक्रम हुने

काठमाडौ २४ चैत्र, राजधानीमा आउँदो शनिबार ‘वसन्त कविता’ कार्यक्रम हुने भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर नेपाल फर्केका साहित्यप्रेमीहरुको समूहले उक्त कार्यक्रम गर्न लागेको हो । लाजिम्पाटमा रहेको डिल्लीरमण पुस्तकालयमा चैत २६ गते गरिने कार्यक्रममा नयाँ-पुराना पुस्ताका  सर्जकहरुले रचना वाचन गर्ने कार्यक्रम रहेको छ । कोरियाबाट लेखिने नेपाली  साहित्य, त्यहाँ  रहेका नेपाली साहित्यकार र नेपालको साहित्यलाई जोड्ने पुलको रुपमा कार्यक्रम गर्न लागिएको हो ।

द कोरियामा साहित्यकारहरुको समूह ‘वसन्त कबिता’ परिवारले कोरियाको विभिन्न स्थानहरुमा साहित्यिक कार्यक्रम सन्चालन गरिरहेको छ । पछिल्लो समय  ‘वसन्त कविता’ र  ‘हिउँद कविता’ जस्ता ठुला कार्यक्रमहरु  सफलरुपमा सम्पन्न गरेसकेको छ । त्यही समूहमा आबद्द मध्य केही आफ्नो कोरिया बसाइ सकेर तथा छुट्टीमा नेपाल आएका साहित्यकार, साहित्यप्रेमीहरुले नेपालमा पनि वसन्त कवितालाई  स्थापित गरेर साहित्यिक संगै सांगीतिक  गतिबिधिहरु संचालन  गर्नका लागि यस पटक काठमाडौमा  कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

एश्वर्य श्रेस्ठको  कार्यक्रम संयोजनमा सन्तोष अम्गाइ, एश्वर्य श्रेस्ठ, अन्जान काईला, बिनोद बान्तावा, जितेन्द्र बानिया, खगेन्द्र पराजुली, गंगा  पौडेल, अज्ञात पाल्पाली, कस्तुप गैरे लगायत  अन्य साहित्यकारहरुले आयोजना गरेका हुन् ।  कार्यक्रममा नेपालका चर्चित साहित्यकारहरुको पनि उपस्थिति रहने आयोजकले सूचना खबरलाई जानकारी दिएको छ ।
कार्यक्रमको बारेमा केही जानकारी लिनु परेमा सन्तोष अम्गाइ ९८४३४२१४२४,एश्वर्य श्रेस्ठ ९८१६३८२३८१  जितेन्द्र बानिया ९८६९०५१६२०  बिनोद बान्तावा ९८४०५९४०३०  अन्जान काइला ९८४१९५२९२८ को नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *