आगलागी पीड़ित सहयोगार्थ काठमाडौको धुम्बाराहीमा सांस्कृतिक कार्यक्रम हुने

पौष १८ काठमाडौ, बाहिङग किरात मुलखीम सांस्कृतिक विभाग आयोजक र मून स्टार म्यूजिक प्रालि को आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम २०७३ हुने भएको छ । सहयोग हाम्रो सेवा, पीडितलाई हामी सबैले पुर्‍याउ टेवा भन्ने मूल नाराका साथ संगीत सरगम सांगीतिक समूहको बेजोड़ प्रस्तुति रहने भएको छ ।

पौष २३ गते धुम्बाराहीको नवदुर्गा पार्टी प्यालेसमा हुने सांस्कृतिक कार्यक्रमा गायक अशोक कुमार प्यासी,गायक नारायण राई, गायक राज राई,गायक एनबी लामा, गायक मनराज बाहिङग, गायक दौलत राई, गायक बलबहादुर बाहिङग, गायिका करुणा बाहिङग,गायिका सुनीता राई,मोडल सीता राई, मोडल मगर,गायिका शीतल बीसी र बालकलाकार सोनिया बाहिङग रहेका छन् । उक्त कार्यक्रमको उद्धघोषक दिनेश काफ्लेले गर्ने भएको छ ।

कार्यक्रम बाट जम्मा भएको रकम केहि समय अगाडी भएको आगलागी पीड़ित ओखलढुंगा जिल्ला वाक्सा वड़ा नम्बर २ निवासी उदयीमान गायक राज राईको परिवारलाई सहयोग गरिने जानकारी आयोजकले दिएका छन् । उक्त कार्यक्रममा सहयोगी मन भएका महानुभावहरुले आयोजकको फोन नम्बर ९८१८४३८५८९/ ९८४९३८२०३२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *