‘आजैबाट जुट विघटन गरौँ, होइन भने घोषित रुपमै गुट चलाउँ,’अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं २ साउन- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी जनताले चाहेजस्तो हुन नसक्नु नै पराजयको मुख्य कारण भएको बताएका छन् ।

पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकको सुरुमा प्रचण्डले यस्तो बताएका हुन्। साथै उनले चुनाव हार्नुमा आन्तरिक कारणमात्रै नरहेको जिकिर गरे। माओवादीलाई कमजोर बनाउन परिवर्तन नचाहने राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति पनि लागेको बताए । प्रचण्डले पार्टीभित्रको गुट-उपगुट प्रति पनि असन्तुष्टि पोखे।

‘आजैबाट जुट विघटन गरौँ, होइन भने घोषित रुपमै गुट चलाउँ,’ उनले भने। अध्यक्षको ब्रिफिङपछि जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ सुरु भएको छ। ३ दिनसम्म चल्ने बैठकमा सचिवालय सदस्य र ७५ वटै जिल्लाका इञ्चार्जहरु सहभागी छन्। जिल्ला इञ्चार्जहरुको रिपोर्टिङपछि पुन: अध्यक्षले बोल्ने कार्यसूची छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *