आज देशका ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मतदान गर्दै

काठमाडौ : प्रतिनिधि र प्रदेश सभा अन्तरगतकोदोस्रो चरणको चुनाव आज देशका ४५ जिल्लामा अहिले भईरहेको छ । आजको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन् ।

अहिले, प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

आज अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *