आत्मघाती विस्फोटमा ५ जनाको ज्यान गयो

पाकिस्तान,२ पुस – पाकिस्तानमा भएको शृंखलाबद्ध आत्मघाती विस्फोटमा ५ जना मारिएका छन् भने १५ जना घाइते भएका छन् । क्वेटा शहरभन्दा ४० किलोमिटर टाढा अफगानिस्तानको सीमामा रहेको एक चर्चमा गराइएको शृंखलाबद्ध विस्फोटमा परी ५ जनाको मृत्य हुनुका साथै अन्य १५ जना घाइते भएका हुन् ।

मानिसहरु प्रार्थनामा गरिरहेका बेला चर्चभित्र जबर्जस्ती प्रवेश गर्न खोजेका दुई जनालाई रोक्ने क्रममा आत्मघाती विस्फोट गराइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

विस्फोटको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । यद्दपी सिया मुसलमान समुदायलाई लक्षित गरी विस्फोट गराइएको अनुमान गरिएको छ । पाकिस्तानमा पछिल्लो समय भएका विस्फोटमा सयौंको ज्यान गइसकेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *