आफूलाई फर्केर हेर्ने आँखा

बम बानियाँ

हिलोमा डुबेर निस्किएका
एकहुल मान्छेहरु
एकले अर्कालाई फोहोर देख्छन्
आफूलाई फोहोरी देख्दैनन्
कहाँनेर छ ? आफूलाई पनि
फर्केर हेर्ने आँखा
यी आँखा
अरुको फोहोर देख्न मात्र पक्कै
हैनन्
सेतो कागजमा लेखिएका
काला अक्षरहरु मात्रै पढ्न होइनन्
मलाई लाग्छ
आँखा अगाडि हेर्नका लागि मात्र
होइनन्
बाहिरी आवरण हेर्नका लागि मात्र
होइनन्
साच्चिकै आँखाले त
सेतो पनि देख्न सक्नु पर्छ
पछाडि पनि देख्न सक्नु पर्छ
अलिक टाढा पनि खुट्ट्याउन
सक्नु पर्छ
अझ गम्भीर प्रश्न त
भित्र पनि देख्न सक्नु पर्छ
कि राखी दिनुपर्छ
सि.सि. क्यामेरा
तिम्रो सिरमा हँ ?
जसले देखाओस
तिम्रा सबै भित्रि पुर्जाहरु

काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *