आफ्नालाई नाङ्गै राखेर छिमेकीको लाज छोपेको के अर्थ र सरकार(१९५०को सन्धि विवरण सहित)

सूचना खबर,कार्तिक १८ काठमाडौ,भारतीय राष्ट्रपति प्रणव मुखर्जी ३ दिने राजकीय भ्रमणको लागि नेपाल आउनु भयो । कुनै पनि राष्ट्रको प्रमुख व्याक्तीलाई हाम्रो देशमा स्वागत गर्न पाउदा हामी नेपालीले गर्व गर्छौ । तर भ्रमण र सुरक्षाको कारण देखाउदै, आफ्नै जनतालाई सास्ती भोगाउनु कतिसम्मको न्यायोचित होला र सरकार ? सुरक्षा पाउनु कसैको पनि अधिकार हो । कुनै पनि भिभिआइपिले मात्र हैन, सर्वसाधरणले पनि सुरक्षा पाउनु पर्छ ।

हिजो राष्ट्रपति मुखर्जीको विशेष विमान नेपाली समय अनुसार ११:३० बजे बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो। तर सुरक्षाको कारण देखाउदै अघोषित कर्फ्युले गर्दा, सर्वसाधरणले कति सास्ती व्यहोर्यो ? त्यसको कुनै लेखाजोखा छ सरकार ? विमानस्थलमा नेपाली सर्वसाधरण मात्रै हैन, नेपाल घुम्न आएका पार्यटकले पनि हैरानी खेप्नु पर्यो । विमानस्थल देखि सिनामंगल, तिनकुने,नयाँबानेस्वर,माइतीघर,पुतली सडक, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर लगायत विभिन्न ठाउँमा अघोषित कर्फ्यु जस्तै गरेर प्रत्यक दश दश मिटरको फरकमा सेना- प्रहरी राखेर पैदल यात्रीलाई समेत प्रतिबन्ध गरेर के देखाउन खोजिएको हो सरकार ? एम्बुलेन्सलाई त रोक्यौ रोक्यौ, हस्पिटलमा रगत नपाएर मृत्युको मुखमा पुगेका बिरामीको लागि रगत बोकेर, झिनो आशामा दौडिरहेका सर्वसाधरणलाई रोकेर कसको वाह वाही कमायौ ? के नेपाली जनता भिख मागेरै आज सम्म बाँचेको छ ? भिख मागेरै बाँचेको छ भने भिक्षा दिनेलाई जय जयकार गर्नु राम्रो हो । हैन भने सुरक्षाको कारण देखाएर सर्वसाधरणलाई यतिसम्मको दुख नदिएको भए हुन्थ्यो की सरकार ?
राम्रो काम गर्नेलाई, कसैले पनि केहि गर्नेवाला छैन यहाँ । यदि सच्चा नेता र जनताको राष्ट्रपति हुदो होत, जनता बाट खतरा हैन, जनता आफैले जय जयकार गरेर काँधमा काँधमिलाई बोकेर राज शिंहसानमा बसाल्नेछन । यदि सच्चा नेता हो भने, जनता संगै भिडभाडमा हिडोस, जसरी जनता भिडभाडमा, जाममा पर्छ त्यसरी नै परोस, अनि न थाहा हुन्छ जनताको पिरमार्का । हैन भने, सडक नै खाली गराएर, सर्वसाधरणलाई दुख दिएर दिइएको सम्मान नेपाली जनताले पच्ला र ? हो कुनै पनि बिदेशी पाहुनालाई सम्मान गर्नु पर्छ,सुरक्षा दिनु पर्छ, त्यो हाम्रो इज्जत हो । तर बिरामी,अपाङ्ग, वृद्ध र अत्यावश्याक व्याक्तीहरुलाई रोक्नु हुन्न थियो ।
सरकार सबैलाई थाहै छ, गत साल भूकम्प आउदा, भारतीय मिडियाको दादागिरी अनि त्यसपछिको भारतीय नाकाबन्दीले पारेको नेपाली जनजीवनमा प्रभाव आज पनि हरेक नेपालीको मथिङ्गलमा ताजै छ । के कारणले भारतले नाकाबन्दी गर्यो ? एक मधेश एक प्रदेशको मागलाई किन समर्थन गर्यो ? यो प्रश्नको जवाफ आज आउला त ?
१९५० को सन्धि पटक पटक किन दुख्ने गर्छ यहाँ ? त्यसको लेखाजोखा होला त सरकार आज ?

१९५० मा भएका सन्धिहरु (सन् १९५० जुलाई ३१)
१. नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन् ।
२. कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।
३. कर्मचारी वर्गहसहित प्रतिनिधिहरुद्धारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ ।
४. दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् ।
५. नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।
६. भारत र नेपालको छिमेकी मैत्रीभावको प्रतीक स्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।
७. नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पतीको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।
८.यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फवाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।
९. हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।
१०. यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।
यो सन्धिपत्रलाई आजको भारतीय राष्ट्रपति समक्ष स्मरण गाराइएला त ?
सरकार जसरी हिजो आज र भोलि, जनताले दुख सास्ती खेपेर मुखर्जीको स्वागत गरे, त्यसरी नै यो उनको भ्रमण पनि फलदायी बनोस । खानु पिउनु र हाँसी मजाकमै नबितोस । जय नेपाल

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES