रेणु दाहाललाई प्रचण्ड पुत्री भएकाकै कारण टिकट दिइएको हैन:-प्रचण्ड

चितवन २८ वैशाख- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई प्रचण्ड पुत्री भएकाकै कारण टिकट नदिएको बताएका छन् । दाहालले रेणु दाहालको आफ्नै क्षमता र हैसियतका कारण पार्टीले टिकट दिएको बताए ।

रेणु दाहालको योगदान भूमिगत कालदेखिनै भएकोले उनलाई पार्टीले टिकेट दिएको बताए । भरतपुरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले नेपालको भविष्य सुनिश्चित गर्न र विकास निर्माणको अभियान थालनी गर्न कांग्रेससँग तालमेल गरेको बताए । भरतपुरमा माओवादी कांग्रेस तालमेलको कठोर निर्णय भएको बताउदै यो गठबन्धन संयोगको मात्र नभई इतिहासको आवश्यतासँग जोडिएको बताए ।

प्रधानमन्त्री दहालले शेरबहादुर देउवालाई भावी प्रधानमन्त्री भनी सम्बोधन गर्दा कांग्रेस कार्यकर्ताले शुखीले ताली बजाएका थिए । तालमेलपछि झिनो मतले जित हात पार्ने अधिकार नभएको भन्दै दुबै दल मिलेर अत्याधिक मत ल्याउन उहाँले आग्रह समेत गर्नुभयो । उहाँले सम्वोधनको अन्त्यमा अभिवादन र जय नेपाल समेत भन्नुभएको थियो ।

कसैको भड्काउमा नलाग्नुस : देउवा
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कसैको भड्काउमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेस–माओवादी केन्द्रको चुनावी सभालाई भरतपुरमा सम्वोधन गर्दै देउवाले पोखरमा कांग्रेसलाई माओवादीले समर्थन गरेका कारण चितवनमा माओवादी केन्द्रलाई समर्थन गरेको बताए ।

माओवादी कांग्रेसको संयुक्त सरकारले अन्य दुई चुनाव पनि गराउने देउवाले दाबी गरे। भरतपुरको माहोल विथोलिदा पोखरा र काठमाडौंमा समेत असर पर्ने बताउँदै देउवाले कार्यकर्तालाई निर्देशन शिरोधार्य गर्न पटक पटक आग्रह गरेका छन् ।

One thought on “रेणु दाहाललाई प्रचण्ड पुत्री भएकाकै कारण टिकट दिइएको हैन:-प्रचण्ड

  1. नख्यासुङ नख्यासुङ तर हामी नेपाली त यो कुरा प्तयाउछौ पो है । उहाँले साँच्ची नै प्रचण्ड पुत्री को हैसियतले टिकट दिएको हैन भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *