आरजु संगको सेटिङ्गमा चलचित्र विकास वोर्डको अध्यक्ष बन्ने प्रयास

काठमाडौ २७ भदौ- चलचित्र बिकास बोर्डको अध्यक्षका लागि अध्यक्ष हुनका लागि कम्तीमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने प्रावधान राखिएपछि नेताहरुसँग सेटिङ मिलाएका धेरै चलचित्रकर्मी हिस्स बनेका छन् ।

चलचित्रको बारेमा खासै ज्ञान नभएका तर पैसा भएका व्यक्तिलाई बोर्डको अध्यक्षमा नियुक्तिको तयारी भइरहेको अहिले चर्चा छ । जसमध्ये मनिष पण्डित अग्रस्थानमा रहेको बताईएको छ । उनले प्रधानमन्त्रीपत्नी आरजु देउवासँग नियुक्तिका लागि सेटिङ मिलाइसकेको स्रोत बताउँछ ।

केही बर्षअघि मात्र अमेरिकाबाट फर्किएका उनलाई फिल्मको बारेमा खासै ज्ञान छैन । गत महिना फ्लप भएको फिल्म ग्याङस्टार ब्लुसमा उनले केही पैसा हालेका थिए । मापदण्डमा निरन्तर १० वर्ष चलचित्र क्षेत्रमा सक्रिय भएको व्यक्ति चाहिने उल्लेख छ । तर, उनी नेपाल आएकै १० बर्ष भएको छैन । मापदण्डविपरीत उनलाई नै नियुक्ति गर्न लागिएको छ ।

बोर्डको अध्यक्षका लागि लबिङ गर्न जानेहरुलाई ‘प्रधानमन्त्रीबाट निर्देशन आइसकेको छ, अब केही गर्न सक्दिनँ’ भन्दै संचारमन्त्री मोहन बस्नेतले फर्काउने गरेका छन् । अध्यक्षको दाबी गर्नेहरुलाई उनले सदस्यमा बस्न आग्रह गर्दै आएका छन् ।

चलचित्र बिकास बोर्डमा सधैं भिजन भएको भन्दै पैसा भएको व्यक्तिहरु नियुक्त हुँदै आएका छन् । जसकारण बोर्डले कहिल्यै नेपाली चलचित्र उद्योगलाई माथि उडाउने प्रयास गर्दैन । हिन्दी फिल्मका वितरक सँग कमिसन खाएर नेपाल फिल्म क्षेत्रलाई झन् कमजोर बनाउने काम बोर्डबाट हुँदै आएको छ । यसपटकको नियुक्तिमा झन् आर्थिक चलखेल हुने सम्भावना देखिएको दृष्टि न्युजले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *