इटहरी बजार र आसपासका ६ जनाकाे मृत्यु हुनुका साथै ६ जना बेपत्ता

इटहरी २८ साउन- तीन दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण इटहरी बजार र आसपासका ६ जनाकाे मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका छन् ।

इटहरीको गैह्रीगाउँ, बसपार्क क्षेत्र, नेपाली सेनाको पूर्वी पृतना मुख्यालय आसपासका क्षेत्रका सम्पूर्ण घरहरू पूर्ण रुपमा डुबेका छन् । अविरल वर्षासँगै शेरा खोला र बुढीखोलामा आएको बाढीका कारण इटहरीकाे करिव चार सय घर बगाएकाे छ।

बाढी परी मृत्यु हुनेहरूमा इटहरी ४ की ३० वर्षीया माला शाह, भोजपुर घोडेटार घरभई इटहरी ४ बस्ने ३२ वर्षीया माया राई, उनको तीन वर्षीया छोरा रुपेश राई र आठ वर्षीया रुपसनी राई, इटहरी १० की ३५ वर्षीया अनिता धिमाल र इटहरी ४ का ४० वर्षीया ईश्वर सुनुवार रहेका छन् । त्यसैगरी बेपत्ता हुनेहरूमा आशादेवी राई, रामकुमार राई, मिनेश राई, खुशी राई, चन्दा तामाङ र नौमहिनाकी बालिका रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES