इन्दिराले सबलाई वर मागिन ( भिडियोमा )

नवराज तामाङ – काठमाडौ , ९ साउन- मिलन फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा नमस्ते नुवाकोट अनलाइन रोधिघर परिवारको पहिलो तीज कोसेली ” वर मिलोस हिन्दु नारी सबलाई ” बोलको गीत युट्युव बाट म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजमा साथीसंगी भेट्घाट गर्दै ठट्यौली पारामा हामी सबैलाई वर मिलोस भनेर भन्ने सन्दर्भलाई सर्जकले गीत मार्फत दर्साउने कोसिस गरेको देखिन्छ ।

गायक तथा सर्जक दिनेश श्रेष्ठको शब्द तथा स्वरमा रहेको उक्त गीतलाई सिन्धुपाल्चोक,मेलम्चीकी गायिका इन्दिरा गिरीले साथ दिएकी छिन् । साथै सुजन कोइरालाको साथमा गायिका इन्दिरा गिरीको अभिनय पनि हेर्न पाईने म्युजिक भिडियोलाई सागर गौतमले खिचेका हुन ।

उक्त म्युजिक भिडियोको सम्पादन रोशन श्रेष्ठले गरेका छन । संगीतमा सरु मगरले समालेका छन् । त्यस्तै एरेन्ज राजु श्रेष्ठको रहेको छ,भने सञ्जीव ठकुरी र सुरज श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

मिलन श्रेष्ठको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । साथै अडियो भिडियो उत्पादक तथा वितरकको जिम्मा मिलन फिल्मस प्रोडक्सन प्रा.लि लाई दिएको छ ।

भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *