इमान्दार नेता र कुशल व्यवस्थापक माओत्से तुङ: गोपाल किराती

इमान्दार नेता र कुशल व्यवस्थापक माओत्से तुङ: गोपाल किराती 

माओत्से तुङले आफ्नो जीवनमा तीनवटा महान क्रान्ति गरे । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा १९४९ मा नयाँ जनवादी क्रान्ति, १९५७ मा समाजवादी क्रान्ति र १९६६—७६ मा महान सर्वहारा सांस्कृतिक क्रान्ति माओको वैचारिक एवं भौतिक नेतृत्वमा भयो । यी तीन क्रन्तिले चिनियाँ समाजको आमूलपरिवर्तन, एशियाली मूलुकहरुमा व्यापक उत्प्रेरणा र अन्तर्राष्ट्रिय सर्वहारावर्गलाई नयाँ मार्गदर्शन ग¥यो ।

नयाँ जनवादी क्रान्ति अर्ध-सामन्ती तथा अर्ध-औपनिवेशिक मूलुकमा सर्वहारावर्गको नेतृत्वमा गरिने पुँजीवादी क्रान्ति थियो । जुन चिनियाँ विशिष्टतामा दीर्घकालीन जनयुद्धको फौजी रणनीतिद्वारा सम्पन्न गरियो । समाजवादी क्रान्ति निजी सम्पतिको राष्ट्रियकरणद्वारा साम्यवादी लक्ष्यतर्फको जबर्जस्त यात्रा थियो । महान सर्वहारा संस्कृतिक क्रान्ति ‘निरन्तर क्रान्तिको अभ्यास र सिद्धान्त’ थियो । सर्वहारावर्गको नेतृत्वमा राज्यसत्ता प्राप्तिको निम्ति क्रान्ति, राज्यसत्ता प्राप्त गरेर संशोधनवाद तथा मजदुर,किसान विरोधी सबै खाले प्रतिक्रियावादको विरुद्ध क्रान्ति र जबसम्म विश्वमा साम्यवाद स्थापित हुँदैन, तबसम्म क्रान्ति गर्ने सिद्धान्त हो । वास्तवमा यही सर्वहारा सांस्कृतिक क्रान्तिको नयाँ सिद्धान्त र अभ्यासले माओको विचारलाई ‘माओवाद’को तहमा विकसित ग¥यो ।

सर्वहारा आन्दोलन र जातीय मुक्ति आन्दोलनवीच समायोजन कार्यमा माओत्से तुङ एक वैज्ञानिक, इमान्दार नेता र कुशल व्यवस्थापक थिए । डा. सन यात्सेनद्वारा अघि सारिएको ‘तीन जनसिद्धान्त’ र ‘बहुजातीय मूलुकमा राष्ट्रवादको दोहोरो सिद्धान्त’लाई माओले चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत कार्यक्रम तुल्याए । जस अनुसार राष्ट्रियता, जनवाद र जनजीविका नयाँ जनवादी क्रान्तिको कार्यक्रम बन्यो र बहुजातीय मूलुकमा राष्ट्रियताको बाह्य र आन्तरिक आयाम हुने तथ्य स्थापित गर्दै राष्ट्रवादको दोहोरो सिद्धान्त अख्तियार गरेर चिनियाँ क्रान्ति सम्पन्न गरियो । राष्ट्रियता सम्बन्धी माओको वैज्ञानिक समझदारीले जनवादी क्रान्ति सम्पन्न गरेर नयाँ आधारमा राष्ट्रिय एकीकरण एवं समाजवादको आधार निर्माणमा निर्णयक भूमिका खेल्यो ।

पचपन्न जातिको चीनमा ९२ प्रतिशत हान जातिको आवादी छ । सामन्तवादी चीनमा हान अहंकारवादको चरम उत्पीडन थियो । माओ स्वयं हान जातिका थिए । तर, सर्वहारावर्गको इमान्दार नेता भएर माओले हान अहंकारवाद विरुद्ध सम्झौताहीन संघर्ष गरे । जनगणतन्त्र चीन एकात्मक स्वरुपको थियो । कुनै एक जाति, चीनको सन्दर्भमा हान जाति निरपेक्ष बहुसंख्यामा रहेको हुनाले नै एकात्मक संरचना अख्तियार गरिएको स्वतः बुझ्न सकिन्छ । यसरी जनगणतन्त्र चीनमा जाति र भाषिक आधारमा माओले स्वायत्तताको वैज्ञानिक नीति लिए । हान बाहेक चीनमा ५४ जातिको स्वायत्तता व्यवस्था गरियो । दीर्घकालीन जनयुद्धका दौडान माओद्वारा स्थापित भित्री मंगोलिया स्वायत्त क्षेत्र अध्यावधि कायम छ, जसमा १० प्रतिशत मंगोल र ९० प्रतिशत हानको आवादी छ । तर, माओले भित्री मंगोलिया मंगोलहरुको सामुदायिक भूमि भएको स्वीकार गर्दै मंगोलिया स्वायत्त जनसरकारमा ५० प्रतिशत मंगोलहरुको प्रतिनिधित्व सुनिश्चित गरे । नेपालको छिमेकी उत्तरमा तिब्बत स्वायत्त क्षेत्र माओले नै स्थापित गरेका हुन् ।

चीनको ५५ मध्य सबैभन्दा अल्पसंख्यक हेचे जाति मानिन्छ । उसको संरक्षण तथा विकासको निम्ति माओले विशेष नीति निर्धारण गरे । जस अनुसार हेचे पुरुषले बिवाह गर्ने गैरहेचे महिलाका अतिरिक्त हेचे महिलासित बिवाह गर्ने गैरहेचे पुरुषसमेत हेचे जातिमा रुपान्तरित हुने माओको नीति अध्यावधि कायम छ । साथसाथै, जनयुद्धको समय अल्पसंख्यक जातिको कमरेडलाई जनसेनाको इन्फेन्ट्रीमा पठाउनु हुँदैन, भन्ने माओको नीति थियो । हान जाति ठूलो जनसंख्यामा रहेकोले जति शहिद भए पनि जातीय नोक्सान हुँदैन, तर अल्पसंख्यक जातिको कमरेड शहिद बनिहाल्यो भने त्यस जातिको नेतृत्व गुम्छ, भन्ने माओको गहिरो विचार थियो ।
माओत्से तुङ यसरी विश्व सर्वहारावर्गका गुरु र जनगणतन्त्र चीनमा सबै जातिको कुशल व्यवस्थापक थिए ।
चीनस्थित २६ डिसेम्बर १९९३ मा हुनान प्रदेशको निम्न—मध्यम परिवारमा माओको जन्म भयो । उनकी आमा बौद्ध मतावलम्बी थिइन् । ८३ वर्षको उमेरमा १९७६ मा माओको निधन भयो । परन्तु, माओको वैज्ञाकि विचार र जननीति आधारित व्यवहारले सामान्यतः विश्वक्रान्ति र विशेषतः चीनको छिमेक नेपाली क्रान्तिमा उज्यालो मार्गदर्शन गरिरहेको छ र गरिरहेने छ । आज २६ डिसेम्बर २०१६ को अवसरमा सर्वहारा आन्दोलन र जातीय मुक्ति आन्दोलनवीच समायोजन कार्यका वैज्ञानिक, इमान्दार नेता तथा कुशल व्यवस्थापक माओ त्सेतुङलाई स-गौरव स्मरण गर्नुपर्छ र सर्वहारा सांस्कृतिक क्रान्तिको बाटोमा डटिरहने बलिदानी भावको प्रण गर्नुपर्छ ।

(अखिल किरात लेखक संघद्वारा १२३ औं माओ दिवसको अवसरमा आयोजित “किरात गणराज्यः आन्दोलनको समिक्षा र पुनर्गठन” विषयक गोष्ठीमा प्रस्तुत माओको संक्षिप्त परिचय ।)

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES