“इलाम सूर्योदय सेवा समाज दक्षिण कोरिया द्वारा आर्थिक सहयोग बितरण “

कोरिया – रोजगारीको शिलशिलामा कोरियामा रहेका इलामेली यूवाहरुद्वारा स्थापित “इलाम सूर्योदय सेवा समाज”ले करिब २ बर्ष अघि रोजगारीको लागि कोरिया आएकी इलाम नगरपालिका ५ साबिक बरबोटे ३ बिब्लाटेकी बिमला बि .क. लाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सामाजिक सेवाको उदेश्यले स्थापित यस संस्थाले विभिन्न ब्यक्तिहरु मार्फत संकलित नगद ९ लाख ३० हजार कोरियन वन एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष मन्जु लावति, सचिव केदार निरौला , कोषाध्यक्ष पबित्रा थेबे लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको संस्थाका महासचिव शंकर विस्वासीले जानकारी दिएका छन् ।

कार्यस्थलमा काम गर्ने क्रममा अचानक दुर्घटना भएर हातमा गम्भिर चोट लागेको साथै दुर्घटना पश्चात् कम्पनिले गरिदिनु पर्ने स्वास्थ्योपचारमा समेत लापरवाही गरि दिएका करण थप उपचारका लागी आर्थिक अभाव भएकाले उक्त अभियान मार्फत निजलाई राहत वितरण गरिएको बरिष्ठ उपाध्यक्ष दर्पण गुरुङ बताए ।

बिगतमा पनी रोजगारिकै लागि कोरिया आएका इलाम महमाईका अमर याक्थुङ्बालाई पनी उपचारका लागि निवर्तमान अध्यक्ष हरि खनाल , प्रतिक बोहरा लगायतको पहलमा अभियान मार्फत राहत संकलन गरि हस्तान्तरण गरिएको थियो । यस्तै इलाम गोलाखर्कमा अवस्थित बाल अनाथालय, माई भगवति वृद्धाश्रम, ताप्लेजुङमा भएको आगलागि पिडित , झापाको बाढि पिडित परिवार लगायतलाई विभिन्न अभियान मार्फत संकलित राहत संस्थाले वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *