ईन्डोनेशियाको आचेक प्रान्तमा भुकम्प, ५२ भन्दा धेरैको मृत्यु

मंसिर २२ काठमाडौं, इण्डोनेसियाको उत्तरी क्षेत्र आचेक प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५२ भन्दा धेरै पुगेको छ ।

६.५ रेक्टर स्केल बताइएको उक्त भूकम्पका कारण आचेक प्रान्तमा ठूलो क्षति भएको छ भने सयौं घरहरु भत्किएका छन् । अहिले पनि केही मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । तर, त्यँहा सुनामीको भने कुनै खतरा नरहेको बताइएको छ ।

सन २००४ मा आचेक प्रान्तमा ९.४ रेक्टर स्केलको भूकम्पपछि आएको विनाशकारी सुनामीका कारण १ लाख ६० हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *