“ईमो छैमारी” गीति एल्बमको विमोचन

ईन्द्र जिजीबिषा-काठमाडौ ३० बैशाख- शताब्दी पुरुष संस्कृतीविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा किरात राई चाम्लिङ्ग भाषाको “ईमो छैमारी“(हाम्रो पहिचान)नामक गीति डकुमेन्ट्री एल्बमको विमोचन गरिएको छ । किरात राई चाम्लिङ्ग खाम्बातिम ललितपुरको अध्यक्ष जयराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम, जिल्ला  समन्वय समिति ललितपुरको हलमा विमोचन गरिएको हो । किरात राई खाम्बातिमले उत्पादक तथा वितरक गरेको उक्त गीति एल्बममा किरात राई चामलिंग मिथक,संस्कार र संकृतिको आधारमा उक्त गीति एल्बम तयार पारिएको छ । चाम्लिङ्ग भाषामा रहेको गीति एल्बमको सम्पुर्ण गीतहरुको भिडियोमा अंग्रेजी सब टाइटल पनि राखिएको छ ।

एल्बममा रहेका चारवटै गीतहरुको म्युजिक भिडियो पनि बनाईएको छ । खोटाङ्गको विभिन्न ठाउँहरुमा छायांकन गरिएको उक्त गीतहरुको म्युजिक भिडियोमा किराती राईहरुको संस्कार संस्कृति झल्किने विभिन्न दृश्यहरु देखाइएको छ । एल्बममा रहेको गीतहरुमा  बिरेन्द्र राई, नाकिमा नाकिम,इश्वर चाम्लिङ्ग र टिका चाम्लिङ्गको शब्द रचनालाई प्राज्ञ शान्तिराम राई, डाक्टर किरात, राई नविन र रेवत राईले कम्पोज गरेका छन् । मेलिना राई, रेवत राई, सागर संसार राई, बबिना किराती, जानुका राई,रोश्ना राई, रोशन राई (पालुवा स्टार) कनकाईस्ट राई, निश्चल राई ,नम्रता राईले उक्त चाम्लिङ्ग भाषाको गीतहरुमा स्वर भरेका छन् ।

तिलक राई,गडुलमान राई,प्रविण पुमा राई र अधिबक्ता शान्तिकुमारी राईले भाषा अनुवाद गरेको उक्त गीतहरुको म्युजिक भिडियोलाई जनक राई, भोगेन एक्ले र रोशन राईले निर्देशन गरेका छन् । एल्बमको डकुमेन्ट्रीमा पार्श्व गीत पार्वती राई र सरला राईले गाएका छन् भने संगीत पदम थुलुङ्ग राईले गरेका छन् ।

कार्यक्रममा जयराम राई,अरिसरा राई, क्याप्टेन जगतराम राई, बालकुमारी राई र कर्ण राईलाई ताम्रापत्र प्रदान गरिएको थियो भने, मणिकुमार राई, जैकुमारी राई,गोपालराज राई,सरिपकुमार राई, तस्विरा राई,गणेश राई,प्रदिप राई,उदय राई,यादवसेर राइ,नहकुल राई,कला राई,शुवासचन्द्र राई,युवराज राई,पत्थरमान राई,सुमित्रा राई,नारायण राई, भविन्द्र राई,किरात राई परिवार कजेदो दक्षिण कोरियालाई कदर पत्रले सम्मान गरिएको छ । त्यसैगरी, ईश्वर चाम्लिङ्ग,चन्द्रबहादुर राई,ध्रुबा राई,हेमकुमार राई, मिना राई,हर्कराम राई,चन्द्रकला राई,दैवराम राई,धनकुमारी राई,खगेन्द्र राई,सलोनी राई,ध्रुब राई, सुस्मा राई,संजिव राई, महेन्द्र राई,विश्वकाजी राई,किरण राई,तेजबहादुर राई,रत्न राई,पदम राई,डिल्लिराम राई, वमकर्ण राई,किरात राई चाम्लिङ्ग खाम्बातिम युके,किरात राई चाम्लिङ्ग खाम्बातिम हंगकंग र तेज प्रकाश राई हंगकंगलाई पनि कदर पत्र प्रदान गरिएको छ । यसैगरी एल्बमको सम्पुर्ण स्रष्टा सर्जकहरुलाई पनि कदरपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा कार्यक्रमको प्रमुख  अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीलाई उनको ९८ औ जन्मदिनको अवसरमा आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । अन्य अतिथिहरुमा किरात राई यायोख्खा केन्द्रिय उपसचिव डिबी राई सरोज,चाम्लिङ्ग खाम्बातिमको सचिव जितकुमार राई,किरात राई हंगकंगका उपाध्यक्ष पिताम्बर राई,किरात राई यायोख्खाका उपमहा सचिव जनक राई, ऋषिश्वर राई,किरात राई यायोख्खा केन्द्रिय सदस्य दिपक वान्तावा,किरात साम्पाङ्ग राई जुम्लेखा केन्द्रिय कार्य समिति उपाध्यक्ष शंकर साम्पाङ्ग,किरात राई यायोख्खा केन्द्रिय उपाध्यक्ष तथा चाम्लिङ्ग खाम्बातिम केन्द्रिय सल्लाहकार राकेश राई,चाम्लिङ्ग खाम्बातिम  केन्द्रिय सल्लाहकार सुवाचन्द्र राई, प्राज्ञ शान्तिराम राई,किरात राई प्रज्ञा परिषदको कुलपति जयकुमार राई,डाक्टर कृष्ण राई,संगीतकार डक्टर किरात लगायत पत्रकार तथा कलाकारहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले “नेपाल भौगोलिक र सांस्कृतिक विविधता रहेको देश हो ।  यसैले गर्दा हामीहरु संस्कार संस्कृतिमा धनि रहेका छौं । कुनै एक जाति, कुनै एक धर्म, कुनै एक संस्कारको मात्रै देश भयो भने पनि राम्रो देखिन्दैन । चाम्लिङ्ग भाषा र संस्कार पूर्वतिर बस्ने चाम्लिङ्ग राईहरुको मात्रै हैन, यो सिंगो राष्ट्रको हो” भने । कार्यक्रममा सत्यमोहन जोशीले अगाडि भने ” अहिलेको राष्ट्रिय गान ‘सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली’ भन्ने गीत छनौट आफूले गरेको भएपनि ब्याकुल माईला राई भएको पछि मात्रै थाहा पाएको बताए ।  “ईमो छैमारी“गीति एल्बमलाई युकेमा पनि प्रदर्शन गरिने कार्यक्रमका संयोजक रेवत राईले सूचना खबरलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *