ई मिडिया हब यु के, भब्य सांगीतिक तहल्काको तयारीमा

जानू काम्बाङ्ग लिङ्ग्देन – बेलायत १६ बैशाख, ई मिडिया हब युकेको यस बर्षको दोस्रो कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लास्ट” चाडै नै आयोजना हुने भएको छ । बेलायतको नेपाली समुदायका नयाँँ पिढीलाई नेपाली कला, भाषा, संस्कार,संस्कृति र परम्पराहरु ब्यापक रुपमा चिनारी गराउँदै नेपाली हुनुको गौरव र पहिचान पुस्तान्तरण  गर्ने राणा पुस्ता र नेपालसँगको सम्बन्धलाई प्रगाड गर्दै उनीहरुमा रहेको प्रतिभालाई सशक्त रुपमा उजागर गर्न सहयोग गर्ने अभिप्रायले यो कार्यक्रम गर्न लागिएको हो ।

प्रतिभावान युवाहरुलाई आफ्नो प्रतिभा फस्टाउनको निम्ती सुनौलो अवसर प्रदान गर्न  ई मिडिया हब युकेको यस बर्षको दोस्रो कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लास्ट” हो । यस् कार्यक्रममा नेपालबाट अहिलेका अति नै ब्यस्त अनि लोकप्रिय गायिका मेलिना राई, सुमधुर स्वरका धनी गायक रेवत राई, यु के डान्स अफ २०१६ विजेता एवं “इन्टर युरोप डान्स कम्पिटिसन २०१७” डेनमार्क” का विजेता  जेनी सुनुवार, र्‍यापर गोम्जा लामा लगायत शशि गुरुङ, मिरा फगामी आदी कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।  कार्यक्रममा उदघोषकहरु बेलायतमा रहेका प्रखर युवाहरु लेक्स लिम्बु र नेहा देवान रहनेछन !

कार्यक्रमहरु क्रमस २० मई अल्डरशर्ट, २६ मई लन्डन, २७ मई, फोल्क्सस्टोन केन्ट र १० जुनमा ननिटनमा हुनेछन । कार्यक्रममा रेवत र मेलिनाले आफ्ना चर्चित गीतहरु लगायत बेलायतमा रहेर पनि नेपाली गीत-संगीतको निम्ती बिशेष योगदान दिदै आउनु भएका गीतकारहरुद्वारा रचित गीतहरुको संगालो एल्बम “अलग उपहार”को गीतहरु प्रस्तुत गर्नेछन ।  अन्य कार्यक्रमहरु भन्दा बिल्कुलै फरक प्रस्तुतिहरुले अवश्य नै सबै उमेरका दर्शकहरुको मन जित्ने कुरामा आयोजकहरु विश्वस्त रहेको बताईएको छ ।

बेलायतमा हुर्कदै गरेका नयाँ पुस्ताका नेपाली युवाहरुलाई नेपाली भाषा, कला, संस्कृति र गीत संगीतप्रति रुची जगाउँदै, कालान्तर सम्म नेपाली मूलका बेलायती नेपालीहरु अनि आफ्नो देश नेपालसँग जोडीरहनको निम्ती, अबका दिनहरुमा ई मिडिया हब युकेले रचनात्मक र सन्देशमूलक  कार्यक्रमहरु गर्दै जाने र नयाँ पुस्ताका युवाहरुलाई सहभागी गराउँदै जानको निम्ती महत्वपूर्ण भूमिका निर्बाह गर्नको निम्ती यसरी कदम अगाडी बढाएको कुरा ई-मिडिया हब लिमिटेड युकेका सिईओ तथा गीतकार ईश्वर चाम्लिङले कार्यक्रम गर्नुको औचित्य र उद्देश्य स्पष्ट पारे ।

नयाँ पिढीको प्रतिभा उजागर गर्नको निम्ती यही बर्ष देखी एभरेष्ट अाइडल, एभरेष्ट अवार्ड एवं अन्य कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्दै लैजाने योजना रहेको ई मिडिया हबसगैँ आबद्ध यस संगठनका सदस्य एवं एभेन्टको अर्डिनेटर मुकेश राईले बताए ।  यसै गरी बेलायत र नेपालको सांगीतिक, साहित्यिक कलाकारितालाई सुमधुर बनाई राख्न पनि ई मिडिया हबले महत्वपूर्ण भूमिका खेल्ने कुरामा बेलायतमा रहनुहुने हरेक नेपाली मनहरुबाट पूर्ण सहयोग मिल्ने कुरोमा आफु र ई मिडिया हबका पदाधिकारीहरु विस्वश्त रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES