उत्तर कोरियाद्वारा अहिले सम्मकै लामो दुरी मार हान्न सक्ने मिशाईल परिक्षण

कोरिया, उत्तर कोरियाले अहिलेसम्मकै लामो दूरी मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ । ‘ह्वासंग १५’ नाम दिइएको अन्तरमहादेशीय व्यालेस्टिक मिसाइल बुधबार परीक्षण गरेको कोरियल सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले पुष्टि गरेको हो । यो मिसाइल परीक्षणसँगै उत्तर कोरियाले अमेरिकाका सबै भू-भागमा प्रहार गर्न सक्ने क्षमता हासिल गरेको केसीएनएले जनाएको छ ।

केसीएनएको रिपोर्ट अनुसार मिसाइल ४४७५ किलोमिटरमाथि बाट ९५० किलोमिटर दूरीमा उडेको थियो । उत्तर कोरियाको ‘साइन नी’ बाट परीक्षण गरिएको मिसाइल जापानको समुँद्र नजिकै खसेको बताएको छ । उत्तर कोरियाले ‘ह्वासंग १५’को सफल परीक्षण गरेको र राष्ट्रलाई आणविक शक्ति सम्पन्न बनाउन यो ऐतिहासिक उपलब्धी भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *