उत्तर कोरियामा गुआम हमलाबारे छलफल

काठमाडौ ३१ साउन-उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले देशका नेता किम जोङ-उनलाई प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा क्षेप्यास्त्र हमला गर्ने योजनाबारे त्यहाँको सेनाले जानकारी दिएको जनाएको छ।

प्योङयाङको सरकारी समाचार संस्था केसीएनएले सशस्त्र फौजहरु तम्त्यार अवस्थामा रहेको पनि उल्लेख गरेको छ । तर उसले अमेरिकी गतिविधिहरु हेरेर मात्रै राष्ट्रपति किम जोङ उनले क्षेप्यास्त्र हमलाको आदेश दिने बताएको छ।

यसअघि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको कुनै पनि हमलाले तत्कालै युद्धको स्वरुप ग्रहण गर्ने चेतावनी दिएका थिए । योजना प्योङयाङले मध्य अगष्टको समयसीमा भित्र गुआममा आक्रमण गर्ने योजना तयार गरी त्यसलाई आफ्ना नेता किम जोङ-उनसमक्ष प्रस्तुत गर्ने निर्णयको पालना गरेको देखिन्छ। सरकारी समाचार संस्था केसीएनएले उत्तर कोरियाली नेता किमले उच्च सैनिक अधिकारीसँग उक्त विषयमा छलफल गरेको जनाएको छ।

गुआममा कुनैपनि बेला आक्रमण: उत्तर कोरिया

अझ केही समय अमेरिकी गतिविधिको निगरानी गरेर मात्रै गुआममा हमला गर्ने आदेश दिने निर्णय भएको उक्त समाचारमा उल्लेख छ। अघिल्लो हप्ता उत्तर कोरियाविरुद्ध राष्ट्रपति डोनल्ड ट्रम्पले कडा अभिव्यक्ति दिएपछि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका थिए।

तर सोमबार उनले प्योङयाङले अमेरिकामाथि आक्रमण गरे युद्ध सुरु हुने चेतावनी दिएका छन्। अघिल्लो साता ट्रम्पले अमेरिकालाई धम्की दिइरहे त्यसको जवाफ उत्तर कोरियाले ‘विश्वले अहिलेसम्म नदेखेको भीषण गोलाबारीबाट पाउने’ चेतावनी दिएका थिए। उत्तर कोरियाले भने, सम्पूर्ण अमेरिका आफ्नो क्षेप्यास्त्रको पहुँचमा रहेको बताएको छ ।

उत्तर कोरियालाई ट्रम्पको नयाँ धम्की

मंगलबार उत्तर र दक्षिण कोरियामा स्वतन्त्रता दिवस मनाइदैँछ र प्योङयाङबाट थप कडा टिप्पणी आउनसक्ने ठानिएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने अवस्था सामान्य बनाउने प्रयास गरिरहेका छन्। उनले कोरियाली प्रायद्वीपमा अर्को युद्ध आफूले नचाहेको बताएका छन्। यो समाचार हामीले बिबिसी लन्डन बाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *