उपप्रधानमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्किए

असोज २४ काठमाडौ, उपप्रधानमन्त्री कृष्णबहादुर महरा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएको छ ।

स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनः निर्माणका सहयोगका क्षेत्रका विषयमा आफूले सम्बोधन गरेको बताएका छन् ।

उपप्रधानमन्त्री महराले, भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराई थप सहयोगका लागि आह्वान गरिएको जनाउँदै यसबाट आपसी विश्वासको वातावरण तय भएको उल्लेख गर्नुभयो । दातृ निकायले नेपाल सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन दिने भनिएको थप रु एक लाख कसरी वितरण गर्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए ।

वार्षिक बैठकमा विश्वका १७९ मुलुकका प्रतिनिधि सहभागी थिए । सोक्रममा विश्व बैंक, एसियाली विकास बैंक र अन्य आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता भएको थियो । बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्दै मंत्री महरा यही असोज १८ गते अमेरिका गएका थिए ।

अर्थमन्त्री महराका साथ अर्थसचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, प्रमुख स्वकीय सचिव हिमाल शर्मा लगायत नेपालबाट गएका थिए भने अमेरिकास्थित नेपाली दूतावासबाट चार उच्च कर्मचारीले पनि बैठकमा भाग लिएको थियो ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES