एक्लै चुनाव लड्न डराएर ओलीले माओवादी सँग तालमेल गरे: डा. महत

काठमाडौ २० असोज- नेपालीकांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. रामशरण महतले तत्काल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्न नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतामहतले मुलुक अहिले चुनावको मुखमा भएकोले यस्तो बेला सरकार फेरबदल र मन्त्रीहरु हटाउने वा थप्ने काम गर्न नहुने बताएका हुन् । महतले भने,‘चुनावको मिति घोषणा भैसकेको छ, अहिले सरकार तल माथि गर्नहुन्न, यसले अस्थिरता निम्तिन्छ।’

उनले भने,‘सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यसरी विपक्षी दलसँग चुनावी तालमेल र वाम गठ बन्धन बनाउने निर्णय गरेपछि मन्त्रीहरु हटाउनुपर्ने विषयमा आवाज उठेको छ, तर कांग्रेसमा अहिले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे छलफल नै गरेको छैन, कुनै निर्णय भएको छैन, हामीले अहिले त्यतातिर ध्यानदिएका छैनौं, यदि त्यसो गरियो भने झनै जटिल समस्या आउँछ, चुनावलाई असर पर्छ।’

क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्रीले निर्णय गर्ने कुरा भएको समेत बताए।

नेतामहतले एमाले–माओवादी केन्द वीचभएको पछिल्लो चुनावी तालमेल र वामएकताको प्रयास अस्वभाविक, अनैतिक र अप्राकृतिक भएको संज्ञा दिए । उनले भने,‘यो गठबन्धन छद्यम भेषमा आएको छ, गोप्य रुपमा आएको छ, दुई पार्टीहरुवीचको तालमेल नै विवादस्पद छ।’ एमाले संविधान संशोधनको नाम नै सुन्न नचाहने र माओवादी केन्द्र जसरी पनि संशोधन गर्नुपर्छ भन्ने शक्तिभएकोले यी दुई दलमा यसबारेमा पनि विवाद भएको उनको भनाई थियो ।
उनले माओवादी केन्द्रलाई खुशी, सन्तुष्टि तुल्याउनको लागि कांग्रेसले धेरै गल्ती गरेको समेत गुनासो पोखे । उनले भने,‘जस्तो स्थानीय तहकै निर्वाचनमा भरतपुरमा कांग्रेसले माओवादीलाई साथदिनु हुँदैन थियो, साथ दिएर गम्भिर भुल गरेकै हो।’महतले सत्तामा कांग्रेस सँग बस्ने अनि गठबन्धन चाहीँ माओवादीले प्रतिपक्षी दल सँग गरेकोले एमाले–माओवादी केन्द्र वीचको एलयान्स नै ‘मोरल’नभएको आरोप लगाए ।

त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जति नै ठूला कुरा गरे पनि एक्लै चुनाव लड्न डराएर अहिले आएर माओवादी सँग तालमेल गर्ने निर्णय गरेको आरोप लगाए । महतले थपे,‘उहाँको ‘टल–टक’पनि देखियो, एक्लै चुनाव लड्न नसकेर वामदललाई साथ लिनुभयो, यो उहाँको बाध्यकारी कदमहोला।’महतले दोहोर्याएर ओलीलाई कांग्रेस सँग एक्लै चुनाव लड्ने तागद, आत्मबल नभएर नै वाम गठबनधन तर्फ लागेको संज्ञिन आरोप लगाए ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई त झनै अर्काको काँध चढ्न बानी लागेकोले सोही अनुसार एमालेको पछि लागेको उनको आरोप थियो । ‘कांग्रेसकै बुँई चढेर माओवादी केन्द्रले २ नम्बर प्रदेशमा सोचेको भन्दा धेरै राम्रो गर्यो’ उनले थपे । माओवादीलाई एक्लै चुनाव लड्दा फाईदा नभएकोले नै उसले यस्तो गरेको महतको आरोप थियो ।

वामपन्थीहरु वीच एकताको प्रयास सँगै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दश वर्ष भित्र नेपालमा साम्यवाद लागु गर्ने भनेर बोलेको कुरा उल्लेख गर्दै महतले भने,‘साम्यवाद आउनु भनेको अब उदार लोकतन्त्र, बहुलवाद र स्वतन्त्र राजनीतिक पक्षको खिलाफमा होईन, त्यसैले अब मुलुकलाई एक दलीय सर्व सत्ता सावदबाट बचाउनको लागि पनि लोकतान्त्रिक शक्तिहरु एक कठ्ठा भएर अघि बढ्नुपर्छ।’

नेपाली जनता साम्यवादको पक्षमा नरहेको उनले दाबी गरे । उनले भने,‘साम्यवादको नारा दिएर केही हुने वाला छैन, जनमत सख्त त्यसको खिलाफमा आउँछ।’ यद्धपी उनले आफूहरु कम्युनिष्टहरुको गठबन्धन बाट नडराएको स्पष्ट पारे । उनले दाबी गर्दै भने,‘मुलतः यो कम्युनिष्ट गठबन्धन वा एकीकरण नै टिक्न सक्दैन्।’

मुलुकलाई समृद्धिको मार्गमा डोर्याउन, सुदृढ लोकतन्त्रको पक्षमा उभार ल्याउन, संविधान कार्यान्वयन गर्न, प्रगतिशिल एजेण्डालाई आत्मसात् गर्दै अघि बढ्नको लागि पनि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनु पर्ने उनको भनाई थियो । उनले भने,‘हुन त अहिले यसको लागि वार्ता तथा छलफल सुरु भैसकेको छ, चुनावलाई ध्यानमा राखेर हामीले ६ दलीय बृहत्त लोकतान्त्रिक मोर्चा गठन गरेका छौं, त्यहीअनुसार चुनावी तालमेल पनि हुन्छ।’

वाम गठबन्धनसँग भीड्नको लागि आफूहरु तयारी अवस्थामा रहेको महतको खुल्ला चेतावनी थियो । उनले भने,‘हामी वाम गठबन्धन सँग चुनावमा भीड्नको लागि तयारी अवस्थामा छौं, अब कांग्रेस एक भएर जान्छ।’ यद्धपी उनले कांग्रेस एक्लै बलियो भए पनि चुनावमा अर्को गठबन्धन बनिसकेकोले आफूहरु पनि एकजुट भएर जानको लागि लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *