एक महिनामा प्रधानमन्त्री कार्यालयको खाजा विल सात लाख पैतिस हजार

कार्तिक २२ काठमाडौ, गत साल आएको महा भूकम्पले गरेको जान-धनको क्षती नेपाली जनताहरुको मुख्य समस्या हो । तर पनि आजसम्म अधिकांश जनताहरुले राहत पाएका छैनन् । विश्व सम्पदा सुचिमा रहेको सम्पदाहरु लथालिङ्गै छ । नेपका माओवादी नेतृत्व सरकारले आफ्नो नेतृत्वमा रहेको सरकारलाई चुस्त दुरुस्त पार्ने आव्हान गरे पनि नेपाली जनताको लागि जुन जोगी आए पनि कानचिरेको भन्ने उखान जस्तै भोग्नु परेको छ ।

लाखौ नेपाली जनताहरुले आज एक छाक खानको लागि संघर्ष गरिरहदा प्रधानमन्त्रीसँग सम्वन्धित बैठक र उनको सचिवालयसहितले एक महिनामा ७ लाख ३५ हजार ९ सय ५४ रुपैयाँको खाजा खाएको बिल सार्वजनिक भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवार र प्रधानमन्त्रीको निवास बालुवाटारमा सबैभन्दा बढी खाजा पुर्‍याउने बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालि रहेको छ ।

सुशील कोइराला सरकारको पालादेखि नै प्रधानमन्त्रि को कार्यालय र उक्त कार्यालय संग सम्बन्धितलाई खाजा खुवाउनेमा यो फर्मको नाम देखिने गरेको छ । यही फर्मले केपी ओली सरकारलाई ९ महिनामा ६० लाखको खाजा खुवाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *