एक महिने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सफाई अभियान सम्पन्न

काठमाडौं, १६ साउन । एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा सरसफाई अभियानको आज समापन भएको छ ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले सुरु गरेको उक्त अभियान एक महिनापछि आज रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम आयोजना गरी समापन भएको हो । समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाई अभियन्ता खेम शर्मा र पत्रकार ऋषि धमला लगायतको उपस्थिति थियो ।

एनआरएनएले एक महिनासम्म बिमानस्थलको आधुनिक तथा गुणस्तरिय सरसफाई गरी पर्यटकको आगमनलाई सहज बनाउनका लागि अतिथि देवो भव अभियान अन्तर्गत सरसफाइ अभियान सुरु गरेको थियो । एनआरएनएका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भवन भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबाट हस्ताक्षरित सहमति बमोजिम आज भन्दा एक महिना अघि अर्थात जुलाई १ मा सरसफाई अभियान सुरु भएको थियो । संस्थाले विमानस्थल कार्यालयलाई सरसफाई सामाग्री तथा प्रविधिहरु समेत हस्तान्तरण गरेको छ।

एक महिनाको अवधिमा विमानस्थलको मुहार नै परिवर्तन भएको थियो । समापन कार्यक्रममा उक्त अभियानमा खटिने स्वयमसेवक, कर्मचारी तथा प्राविधिकहरुलाई संयुक्त रुपमा खादा, माला लगाएर बरिष्ठ उपाध्यक्ष भट्टले सम्मान गरेका हुन् ।

कार्यक्रममा एनआरएनए बरिष्ठ उपाध्यक्ष भट्टले नेपालको प्रवेशद्वार नै विमानस्थल भएकोले यसको सरसफाई सबैको जिम्मेवारीभित्र पर्ने बताउँदै यो एक महिनामा विमानस्थलको मुहार साँच्चिकै परिवर्तन भएको आफूले पाएको बताए ।
उनले भने,‘विदेशमा हुँदा मलाई ठूलो कौतुहलता थियो, सफाई अभियानपछि विमानस्थल कस्तो भयो होला भनेर, आज म विमानस्थलमा ओर्लिनेवित्तिकै एक चरण सरर निरिक्षण गरेको त, विमानस्थल साँच्चिकै चम्किएछ, सबै टल्किएको देखें, म निकै खुशी छु, काम सानै हो, तर यसले अन्र्तराष्ट्रिय स्तरमा नेपालको राम्रो छवि बनाउन सफल भएको छ, म खेमजी र उहाँको टिमलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु।’

त्यस्तै उनले नेपालले पर्यटन क्षेत्रमा ठूलो प्रगति गर्न सक्ने बताउँदै आगामी दिनमा यो क्षेत्रलाई अझै सशक्त र प्रभावकारी ढंगमा अघि बढाउनुपर्नेमा जोड दिए । भट्टले थपे,‘हामीले पर्यटन क्षेत्रमा ठूलो प्रगति गर्न सक्छौं, यो क्षेलाई सवल बनाउन सकियो भने मुलुकको आर्थिक स्थिति पनि बलियो हुन्छ।’

उनले गैरआवासीय नेपालीहरुबाट नेपालमा लगानीको अलावा सिप हस्तान्तरण गर्नु पनि रहेकोले सोही उद्देश्य अनुसार त्रिभुवन विमानस्थल सफाई कार्यक्रम सुरु गरिएको र आज आएर उक्त अभियाले सार्थकता पाएको बताए । उनले थपे,‘स्किल टा«न्फर्मेन्स अनुसार त्रिभुवन अन्र्तराष्ट्रिय सफाई अभियान एउटा नमूना कार्य भएको छ, यसबाट विश्वभरि राम्रो सन्देश प्रवाह भएको छ।’ यद्धपी उनले यो अभियान त एक सुरुवातमात्रै भएको स्पष्ट पारे । उनले भने,‘सफाई धेरै ठाउँमा गर्न बाँकी छ, अर्थमा बाँकी छ, पर्यटनमा छ, वाणिज्यमा छ, राजनीतिमा पनि बाँकी छ।’

विमानस्थल सरसफाई गर्न विगतमा भइरहेका सरसफाईलाई प्रविधिमैत्री बनाउन आफूहरुले सहयोग गरेको बताउँदै भट्टले भने ‘यो कार्यक्रम अब निरन्तर रुपमा चल्छ र विमानस्थल पर्यटनमैत्री हन्छ।’

कार्यक्रममा नागरिक, उड्डयन तथा पर्यटनमन्त्री जितेन्द्र देवद्धारा अभियानले नेपालको त्रिभुनव विमानस्थलको मुहार फेरेको आफूले तस्विरमार्फत थाहा पाएको भन्दै भिडियोमार्फत बधाई तथा धन्यवाद दिएका थिए । त्यस्तै मन्त्री देवले आफूले अभियानमा जस्तोसुकै सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

सफाई अभियानका अभियन्ता एवम् गैर आवासीय नेपाली संघ अष्टे«लियाका नेता खेम शर्माले सबैको साथ र सहयोगबाट अभियान सफल भएको बताउँदै सबैमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै उनले आफू लगायत अभियानमा संलग्न भोलुन्टियर्स, प्राविधिकहरुले चार हजार पाँच सय घण्टा श्रमदान गरेको जानकारी दिए । ‘‘सबैको साथ र सहयोगबाट नै यो काम सम्पन्न भयो, म निकै खुशी छु, खासगरी आजको नायकहरु भनेको नै स्वयमसेवक साथीहरु हुनुहुन्छ, उहाँहरुको सहयोगले गर्दा नै आज यो काम सम्भव भएको हो, उनले थपे,‘उहाँहरु नभएको भए हिजोको एयरपोर्ट आजको एयरपोर्ट हुँदैनथियो।’

शर्माले यो एक महिनाको अवधिमा आफूहरुले काठमाडौं सुत्नेवित्तिकै विमानस्थल सफाईमा आफूहरुको जुट्ने गरेको अनुभव सुनाए । त्यस्तै उनले खेम क्निलिक अष्टे«ेलियालाई पनि विशेष धन्यवाद दिए । उनका अनुसार जसका कारण उनले एक महिनासम्म अभियानमा समय दिन सके ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सफाई अभियानमा सहभागी सबैलाई र खासगरी अभियानका प्रमुख अभियन्ता भवन भट्ट र अभियन्ता खेम शर्मालाई धन्यवाद दिए । उनले भने,‘आज उहाँहरु हामी सबै नेपालीहरुको तर्फबाट अभिनन्दित हुनुभएको छ, म उहाँहरुलाई क्लबको तर्फबाट समेत हार्दिक बधाई दिन चाहन्छु।’

धमलाले एनआरएनले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएकोले आगामी दिनमा आर्थिक, पर्यटनदेखि सिप हस्तान्तरण गर्न समेत विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।कार्यक्रममा अभियानमा सहयोग पुर्याउनेहरुलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै सफाई अभियानमा जुटेका करिब ३० जनालाई बरिष्ठ उपाध्यक्ष भट्टद्धारा सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा भट्टलाई पत्रकार धमलाले खादा ओढाएर सम्मान गरेका थिए भने धमलालाई पनि भट्टले सम्मान गरेका थिए । अभियानका अभियन्ता शर्मालाई भट्ट र धमलाले सम्मान गरेका थिए ।

समापन समारोमा सफाई अभियानका अभियन्ता खेम शर्माले दिएको मन्तब्यको पूर्णपाठ 
यो कार्यक्रममा उपस्थित हुनु भएका आदरणीय महानुभावहरु सबै सबैमा गैर आवाशीय नेपाली संघका तर्फबाट त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको आधुनिक सरसफाई अभियानमा खटेका स्वोयम्सेवकहरुका तर्फबाट म खेम शर्माको हार्दिक नमस्कार, अभिबादन । साथै यहाँ उपस्थित हुनुभएका सबै महानुभावमा हार्दिक सम्मान ।

यो अभियान हामीले सुरु गरेको एक महिना भयो र नेपाल सरकारसंग भएको सहमति अनुशार हामि आज हाम्रो जिम्मेवारी सम्पन्न गरेर बिदा हुदै छौ । हामीले आफ्नो जिम्मेवारीको काम सफलता पुर्बक सम्पन्न गरेका छौ । हामीले यो अभियान मा खटेका सबैको समय जोड्दा कम्तिमा ४ हजार ५ सय घण्टा श्रम गरेका छौ । तिस दिन सम्म प्रतिदिन सात घण्टा का दर ले २१ जना प्राबिधिक र फिल्ड को जनशक्तिले काम गर्दा हाम्रो एक मात्र अन्तरास्ट्रिय विमानस्थलको सरसफाई को अवस्था लाइ आधुनिक बनाउन हामीले संयुक्त रुपमा ४ हजार ५ सय घण्टा समय हाम्रो देश लाइ दिन पाएका छौ । हाम्रो यो अभियान का मुख्य पहल कर्ता गैर आवाशीय नेपाली संग अन्तरास्ट्रिय परिषद का बरिस्ठ उपध्यक्ष भवन भट्टले हाम्रो यो अभियान कै लागि दिनुभएको महत्वोपूर्ण समय हामीले यसमा जोड्न पाएका छैनौ । उहा आफ्नो अन्तरास्ट्रिय मिशनकै क्रममा युरोप हुदै यो समापन कार्यक्रम कै लागि यहाँ आइपुग्नु भएको छ ।

हामीले यो कामका क्रममा प्राप्त गरेको एक मात्र ज्ञान भनेको गतिशील नीति , गतिशील नेत्रित्वो र गतिशील कार्यन्वोयन हो . हाम्रो देश का लागि अब सरसफाई जस्तो अनिवार्य र महत्वपूर्ण बिषयको अभियान संचालन गर्न नपरोस भन्ने हाम्रो कामना पनि छ । सरकारले नेपालमा सरसफाई सम्बन्धि स्पस्ट नीति तथा मापदण्ड निर्धारण गरेर कार्यन्वोयनमा ल्याउने हो भने अर्बौ लागानीका हाम्रा निजि तथा सरकारी संरचनाहरुको सरसफाईको काम नियमित रुपमा सिस्टम मा हुन थाल्दछ । सरसफाई नै सभ्यता को प्रतिक पनि हो . हामीले बिश्वोब्यापी रुपमा पहल गर्दा लाखौ पर्यटक त बोलाउन सक्छौ तर उनीहरु फर्केर जादा नेपाल बाट कस्तो छाप बोकेर जान्छन भन्ने कुरा ले अरु लाखौ पर्यटक यहाँ आउने कुरा को ग्यारेन्टी हुन सक्छ । त्यो सकारात्मक छाप हामीले सरसफाईबाट पार्न सक्छौ ।

हामीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सरसफाईको अभियान गरेर विदेश मा भएको हाम्रो भावना, ज्ञान, सीप तथा प्रबिधि हस्तान्तरण गर्न खोजेका थियौ ,त्यसमा हामि सफल भएका छौ । मैले नेत्रित्वोका रुपमा काम गरे पनि यो कामको मुख्य नायक हरु भने हरेक रात काठमाडौँ सुत्दा काममा खट्ने र हरेक बिहान काठमान्डू बिउझदा काम सक्ने त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका सम्पूर्ण मजदूरहरु हुनुहुन्छ् । म उहाहरु लाइ सम्मान गर्न चाहन्छु र यहाँ आआफ्नो ठाउमा उठी दिन हुन म अनुरोध गर्द छु । म बिशेस धन्यबाद दिन चाहन्छु भक्त जी , नरोत्तमजी , कुसल जी , सजीव लगाएत का सबै साथीहरुलाई जसले यो काम लाइ सफल बनाउनु भयो . म उहा हरु र उहा हरु को टिम का सबै साथीहरु को उत्तरोत्तर प्रगतिको कामना गर्द छु । म यो अवसर मा मलाई अस्ट्रेलिया बाट सहयोग गर्ने खेम्स क्लिनिंग का सबै साथीहरु लाइ पनि स्मरण गर्न चाहन्छु जसको सपोर्ट बाट मैले नेपाल का लागि समय निकाल्न सम्भंव भयो ।

यसैगरी म यो समापन का अवसर मा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल का सरसफाई हेनुहुने मेरा मित्र रोहिणी जी , विमानस्थलका प्रमुख देवानद जी , नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ज्यु प्रति पनि हामीलाई नीतिगत तथा ब्यबहारिक काम मा सहयोग का लागि आभारी छौ . त्यस्तै यो कामको क्रममा हामीलाई भेटेर हौसला प्रदान गर्नु हुने हाम्रा आदरणीय कलाकार मित्र हरु मनोज गजुरेल , जितु नेपाल , धुर्मुस –सुन्तली , प्रति पनि हामि आभारी छौ . नेपाली चलचित्र जगत का महानायेक राजेश हमाल जसका गरिबी , अभाव , उत्पीडन बिरुद्द र देशका पक्षमा चलचित्रमा निभाउनु भएको अभिनय बाट म जस्ता लाखौ युबामा देशका पक्ष्मा केही गर्ने प्रेरणा मिल्यो उहा प्रति पनि हामि आभारी छौ . उहाले यो अभियानका क्रममा हामीलाई कार्यथलो मै आएर भेटेर प्रेरणा दिनु भयो , त्येस्का लागि हामि उहा लाइ धन्यबाद ज्ञापन गर्दछौ .

नेपाल पर्यटन बोर्ड का कार्यकारी प्रमुख दीपक जोशी जसले हामो भरतपुर बिमान्थल को काम पनि हेरेर आउनु भो र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल को काम मा सहयोग तथा प्रेरणा दिनुभयो त्यसका लागि हार्दिक धन्यबाद ब्यक्त गर्दछौ । नेपाल सरकारका पूर्व मन्त्रि दिलनाथ गिरि जसले हाम्रो अभियान लाइ पहिलो पटक मन्त्रि स्तर बाटै प्राथमिकतामा राख्नु भएको थियो उहा प्रति पनि हामि आभारी छौ . नेपाल सरकार का श्रीमान सचिव ज्यु हरु भिम उपाध्याय र दिनेश थपलियाको हाम्रो काम प्रतिको सम्मान र उत्प्रेरणालाइ हामि धन्यबाद दिन चाहन्छु , उहा हरुको हाम्रो काम प्रतिको सद्भाव देख्दा नेपाल सरकार का अन्य श्रीमान सचिब ज्यु हरु पनि बाट पनि हाम्रा सबै काम को येसैगरि सम्मान हुने आत्माबिस्वास बढेको छ .

हाम्रो स्थानीय स्तरमा चितवनमा सुरु गरिएको सरसफाई अभियानको क्रममा आफै खोजेर , भेटेर देश का लागि केहि गर्नु पर्छ भन्ने प्रेरणा दिने र सहयोग गर्ने नेपाल प्रहरी का तत्कालिन डी आइ जी रण बहादुर चन्दको भूमिका लाइ म स्मरण गर्न चाहन्छु र उहा मार्फत म सिंगो नेपाल प्रहरीलाइ धन्यबाद दिन चाहन्छु .

मेरो भनाइ को अन्त्य गर्नु भन्दा अगाडी मैले यो अभियान का प्रमुख अभियेंता आदरणीय भवन भट्ट ज्यु लाइ भूमिका को लागि म संग धन्यबाद का शब्द छैनन् , उहालाइ हाम्रो अभियानको बिषयमा जानकारी गराउन अस्टेलियाबाट फोन गर्दा जापानमा बीच बाटोमा गाडी रोकेर हाम्रो कुरा सुनेर प्राथमिकता दिने र यो अभियान को नेत्रित्वो प्रदान गर्न तयार हुने उहा प्रति हामि निकै आभारी छौ . गैर आवाशीय नेपाली संघ का नेत्रित्वों उपेन्द्र महतो , जीवा लामिछाने , शेष घले लगायत ले निर्माण गर्नु भएको देश सेवा को सकृति लाइ भवन भट्ट ले पनि जारि राख्नु भएको हामीले महसुस गरेका छौ । खास गरि महा भूकम्प का बेला शेष घलेज्यु को तत्काल देशमा आएर सेवा मा खटे को घटना हाम्रा लागि निकै प्रेरणा को थियो । म गैरआवाशीय नेपाली संघको नेतृत्वबाट आगामी दिनमा पनि देश का लागि सुरु हुने सबै अभियानमा नेत्रित्वो हुने बिस्वास ब्यक्त गर्दछु ।

हाम्रो देशको समग्र राजनीतिक नेत्रित्वो जो अब नेपाल को मात्र होइन दक्षिन् एशिया को नेत्रित्वो गर्न सक्षम् छ र सक्षम होस भन्ने सुभकामना दिन चाहन्छु । हामि तिन करोड नेपाली जनता जसले हाम्रो सरसफाई अभियान लाइ माया गर्नु भयो सबै प्रति आभारी छौ , र हाम्रो कर्तब्य पुरा गर्न सदा तयार हुने प्रतिबद्दता ब्यक्त गर्दछौ ।
हामीले सुरु गरेको यो अभियान को संदेश लाइ संसार भर फैलाएर जनचेतना जागरण गराउनु हुने रेडियो , टेलिभिजन , अनलाइन , पत्रपत्रिका लगाएत कार्यारत सम्पूर्ण पत्रकार मित्र हरु लाइ म बिसेष धन्यबाद दिन चाहन्छु . अन्तमा मलाई देश र समाजको सेवा गर्न सानै देखि प्रेरित गर्नु हुने मेरा बुवा, आमा लगाएत अविभावकहरुको प्रति धन्यवाद व्यक्त गर्दछु । र मलाइ समाज सेवा र देश प्रति को कर्तब्य निर्बाह गर्न प्रेरित गर्ने मेरो श्रीमती प्रीति दाहाल प्रति पनि म आभारी छु ।.
धन्यबाद

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *