एधार दिनअधि महोत्तरी जिल्ला समन्वय समितिमा मोर्चाले लगाएको ताला प्रहरीको सहयोगमा खुलाईयो

काठमाडौ २३ चैत्र,संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला खुलेको छ।

स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीको प्रत्येक शाखा अवरुद्ध हुने गरी दुई वटै मूलद्वारमा चैत ११ गते लगाएको ताला प्रहरीको सहयोगमा मङ्गलबार ११ दिनपछि खोलाइएको हो ।

समितिको दैनिक कामकारबाही र समितिबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभावित भइरहेकोले प्रहरीको सहयोगमा ताल्चा फुटाएर कामकाज सूचारु गरिएको हो । एघार दिनपछि खुलेका कारण आज सो कार्यालयमा सेवाग्राहीको घुइँचो लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *