एनजीजीएस ग्रुपको स्थापना

किशोर पुमा राई /  मलेसिया
नेपाली गीत संगीतलाई विश्वभर चिनाउने र विभिन्न ठाउहरुमा लुकेर बसेको कला प्रतिभाहरुलाइ बाहिर निकाल्दै एका-अर्का संग हातेमालो गर्दै अघि बढ्ने उदेश्यले नेपाली ग्रुप गीत संगीतको संसार अर्थात् छोटकरीमा एनजीजीएस (न्ग्ग्स) नामक अन्लाइन समुह गठन भएको जानकारी ग्रुपकी मेम्बर तथा कलाकार माया राईले जानकारी दिएकी छिन् । एनजीजीएस ग्रुपको डाइरेक्टरमा: प्रशान्त राई र अनमोल राई रहेका छन् भने फाउन्डर रमेश मगर एड्मिन पायल किराँती , ग्रुप लिडरमा , बिबेक सुब्बा / बिकास तामाङ, जज अरुण साम्पाङ र एन्चोरमा प्रकाश तामाङ रहेको जनाइएको छ ।

यो समुहको काम कर्तव्य साथै विविध जानकारीको लागि एनजीजीएस ग्रुपको फेसबुक पेज लाइक गर्नुपर्ने बताइएको छ । साथै प्रतिभावान कलाकारहरुलाई यो ग्रुपमा समेटिनको लागि ग्रुपले आग्रह पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *