एन्जल लर्ड एकेडेमी हाई स्कुलले गर्यो चार श्रष्टालाई सम्मान

विवेक कार्की-काठमाडौ ३० चैत्र, लोक संस्कृतिक क्षेत्रमा योगदान गर्दै आएका  चार श्रष्टा सम्मानित भएका छन् । एन्जल लर्ड एकेडेमी नमुना विद्यालयको रुपमा स्थापित हुदै आएको विद्यालयले  काठमाडौ-३५,कोटेश्वरमा अवस्थित एन्जल लर्ड एकेडेमी हाई स्कुल आफ्नो छुट्टै पहिचानका साथ अघि बढ्दै गरेको नमुना शैक्षिक संस्थाको रुपमा परिचित हुदै आएको एक विद्यालय हो।

यहाँ वालवालिकाहरुलाई किताबी ज्ञान मात्र दिने काम गर्दैन वालमैत्री वातवरणमा तालीम प्राप्त शिक्षक/शिक्षिका द्वरा  समय सापेक्ष व्याबहारिक एवम जीवन उपयोगी शिक्षामा विशेष जोड दिईन्छ।विद्यार्थीहरुको रुचि अनुसार विविध अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने भएकोले यो विद्यालय  विद्यार्थीहरुको आकर्षणको केन्द्र बिन्दु  बन्दै गएको छ । रिजनेवल शुल्कमा बास्केटबल, टीटी,व्याट्मिन्टन, सङ्गीत, नृत्य, गायन, योगा आदि पनि ख्यातीप्राप्त गुरुहरुद्वारा प्रशिक्षण दिईने हुँदा उपत्यकामा हाल यो विद्यालय अभिभावकको रोजाईको विद्यालय  बनेको छ । यतिमात्र होइन, यो विद्यालयले यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो मौलिक लोक संस्कृतिको क्षेत्रमा पनि लाग्न प्रेरित हुने कार्यक्रमहरु संचालन गरि उनीहरुलाई नै प्रशिक्षण दिलाई प्रस्तुत गराउने पनि गरेको छ ।जसले गर्दा मौलिक लोपोन्मुख संस्कृति  हस्तान्तरण हुन सहयोग पुगेको छ ।

यसै सन्दर्भमा यो विद्यालयले  विगत देखि नै,  वार्षिक रुपमा मौलिक लोक संस्कृतिक तथा श्रस्टा सम्मान कार्यक्रम पनि गर्दै आएको छ । लोक संस्कृतिको  सम्बर्द्धन र प्रबर्द्धनमा योगदान पुर्याउनुहुने विशिष्ट लोक गायक/गायिका/श्रस्टा एबम यो क्षेत्रमा लागि पर्नुहुने व्यक्तित्वहरुलाई सम्मानित पनि गरेको छ । यहि क्रममा हाल सम्ममा वरिष्ठ लोक गायक/गायिकाहरु बम बहादुर कार्की, किशोर कुमार राई, नन्दकृष्ण जोशी, कविता आले, क्षेत्र गुरुङ, हरिदेवी कोइराला, मनु लिम्बू, कल्पना योङ्हाङ र बाल गायिका जिग्मेछ्योकी घिसिङ लगायत दर्जनौं श्रस्टाहरुलाई यो विद्यालयले सम्मान गरिसकेको छ । हाल करीव ६०० विद्यार्थी अध्ययनरत यस विद्यालय  आगामी दिनमा अझ सशक्त रुपमा विशिष्ट योजनाहरुलाई कार्यान्वयन गर्दै अघि बढ्ने, स्कूलका अध्यक्ष राज कुमार तामाङले सूचना खबरलाई बताएका छन् ।

लोक संस्कृतिलाई जोगाउनु हाम्रो कर्तव्य हो ।  अहिले हाम्रो मौलिक पहिचान बोकेको लोक गीत-सङ्गीत, संस्कृति लोप हुँदै गएको अवस्थामा एउटा स्कूलले गरेको यो सानो प्रयासले पक्कै पनि थोरै मात्रमा भएपनी यो क्षेत्रलाई टेवा मिल्नेछ भन्ने कुरामा विश्वास लिएको विद्यालय  प्रमुख टंक  लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *