एन प्याब्सनको विद्यालयस्तरीय हाजिरीजवाफ, पथरीमा लोक नृत्य

n-pabsanफिपराज बेघा, भदौ २७ मोरङ । एन प्याब्सन मोरङको आयोजनामा विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार मोरङ कोशिहरैचा नगरपालिका स्थित विराटचौकको उद्योग वाणिज्य संघको सभा हलमा भएको कार्याक्रममा बयरवन–६ को पिनाकल ज्ञान मन्दिर बोर्डिङ स्कुलका प्रतिक दाहाल, पुष्पा कार्की प्रथम भएका थिए ।

यस्तै सुजना ज्ञान कुण्ज बोर्डिङ स्कुलको आयुशा निरौला र मालीनी पाण्डे द्धितीय भएका थिए । यसैगरी सिस्वनी बडहरा ३ को आभा बोर्डिङ स्कुलका पुजा माझी र विवेग झा तेस्रो भएका छन् । यस्तै विराटनगरको मनकामना बोर्डिङ स्कुलका रोहन मण्डल र अल्का सुब्बाले सान्तवना पुरस्कार हात पारेका थिए ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई कप र प्रमाण पत्रले प्रमुख अतिथि स्रोतव्यक्ति सोमनाथ निरौलाले, कार्यक्रम संयोजक सुनिलदत अधिकारी र एन प्याब्सन मोरङका अध्यक्ष राजनकुमार छाराहाङले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

मोरङ जिल्ला भित्रका २१ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमको सुरुमा २१ वटा विद्यालय मध्ये लिखित परीक्षामा प्रतियोगिताको लागि ८ वटा विद्यालयको मात्र छनौट भएपछि कार्यक्रम गरिएको थियो ।

प्याब्सनद्वारा पथरीमा लोकनृत्य
प्याव्सन मोरङको आयोजनामा पथरीमा लोक नृत्य प्रतियोगिता भएको छ । शुक्रबार पथरीशनिश्चरे–१ स्थित शिवालय मन्दिरमा भएको सो नृत्य प्रतियोगितामा सिनियरतर्फ र जुनियरतर्फ गरी ८ वटा विद्यालय छनौट भएका छन् ।

निक्कै नै दर्शकहरुको उपस्थितिमा सम्पन्न सो नृत्य प्रतियोगितामा सिनियरतर्फ वाल्मीकि मावि, अरुणोदय मावि पथरी, होलिचायल्ड उर्लाबारी, नेबुला मावि राजघाट, रिलायन्स मावि मधुमल्ला छनौट भएका छन् ।यस्तै जुनियरतर्फ भृकुटी उर्लाबारी, रेडस्टार मावि र एभरेष्ट मावि पथरी छनौट भएका छन् ।

अब यी छनौट भएका विद्यालयहरुले विराटनगरमा २९ गते प्रतिस्पर्धा गर्ने आयोजकका उपेन्द्र कडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *