एफसी केन्टले “कप” पचाए

सुरेन्द्र इङ्नाम-केन्ट, बेलायत, गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेनतर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस वर्ष “कप” पचाएको छ । यस क्लबको स्थापनाकालदेखि लगातार जीत्दै आएको यस “गोर्खा कप” यस वर्ष भने विषेश रहेको टिमम्यानेजर बुद्धी सुनवार र कोच लोक लीम्बुले जानकारी दिए ।

त्यस्का साथै नेपाल बाट नेपाल राष्ट्रियफुटबल टिमकोचलाई स्पोन्सर गरी टिमको प्रोमोसन साथै गोर्खा कपको शोभा बढाईएको जानकारी पनि सुनवारले दिए । भेटेरेन तर्फ ८ टिमले भाग लिएको यस “गोर्खा कप” फाईनलमा ईलाम एफसीलाई भास्कर राईले १गोल र गुप्तराज चेम्जोङले १ गोल गरी जम्मा २ गोलको विरुद्ध सुन्यमा खेल सकिए पछि “कप” पचाई जम्मा पुरस्कार राशि १५ सय पाउण्ड थाप्न सफल भएको थियो । भेटेरेन तर्फ उत्तम खेल प्रदर्शन गरी गुप्तराज चेम्जोङले मेन अफ द म्याचको पुरस्कार पनि हात पारेको थियो ।

“गोर्खा कप” कोर्डिनेटरको भनाई अनुसार ६३ टिमहरुले रजिस्टर गर्न खोजे पनि मेन टिम तर्फ ३२ टिमलाई मात्र सहभागी गराउन सकिने भएकोले पहिलो ३२ टिमहरुलाई मात्र रजिस्टर गरि खेलाईएको सो खेलमा मंगोलियन भान्जाजले ब्रिगेड बोईजलाई प्यानल्टि सुटआउटमा हराएर मेन टिमको “कप”जीतेको थियो । बिहान ९ बजेबाट शुरु भएको उक्त खेल साझ ८ बजे सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *