“एभरेस्ट आइडल”को सेमिफाईनल राउण्ड अडिसनबाट उत्कृष्ट १४ छानिए

काठमाडौ २७ भदौ – बेलायतमा संचालन भईरहेकों गायन प्रतिभाको खोजि “एभरेस्ट आइडल”को सेमिफाईनल राउण्ड अडिसन सकिएको छ । पहिलो पटक ई मेडिया हब युकेद्धारा आयोजित विशेष प्रवासमा नयाँ प्रतिभाको खोजी र नयाँ प्रतिभालाई उजागर गर्ने उदेश्यले आईडलको आयोजना गरिएको आयोजकले बताएका छन् ।

ई मेडिया हब युकेको प्रस्तुती भोईस अफ नेपाली डायस्पोरा एभरेष्ट आईडल युके २०१७ अश्फोर्डको नर्टोन नाचबुल स्कूल हलमा शनिबार भएको सेमीफाईनल राउण्डबाट उत्कृष्ट १४ प्रतियोगीहरु फाईनलमा छानिएका छन् ।

फाईनलका लागि छानिने उत्कृष्ट प्रतियोगीहरु क्रमश सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिप प्रकाश राई, किरन गुरुङ, प्रबेश राई, मार्गरेट लिम्बू, आईती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् ।

अडिसन राउण्डबाट छानिएका प्रतिस्पर्धीहरुबिच भएको प्रतिष्पर्धाको निर्णायकहरुमा गायिका शर्मिला बर्देवा, गायक बिसी राई र अतिथी निर्णायक संगीत बिज्ञ ईन्द्र गुरुङ रहेका थिए ।

प्रतिष्पर्धीबिच फाईनल राउण्डका लागी उत्कृष्ठ प्रतिभा चुन्ने जिम्मा दर्शकहरुको भोटिङबाट २५ प्रतिशत र निर्णायकहरुबाट ७५ प्रतिशत मत निहित आयोजकले जनाएको छ ।

विभिन्न स्थानबाट प्रतिष्पर्धामा सहभागी प्रतिष्पर्धीहरुको उत्कृष्ठ प्रस्तुतीहरु ई मेडिया हबको युट्युब च्यानलबाट हेर्न सकिने आयोजकले जानकारी दिए ।

कार्यक्रमलाई न्यूलक्ष्मी ज्वेलर्स, पिपल मोर्गेज, देउकी राई, गोर्खा भिल्ला रेस्टुरेन्ट आश्फोर्ड, गोर्खा भिल्ला रेस्टुरेन्ट अल्डर्सट, काठ्माण्डु ज्वेलर्स, युरोपा फूड, निरा पिजि,र पुन हिल ग्रोसरीले प्रायोजन गरेका थिए ।

आईडलको प्रतियोगीता कार्यक्रम मिस युके नेपाल २०१४ निया देवान र नबराज राईले संचालन गरेका थिए । एमरेस्ट आईडल युकेको ग्राण्ड फिनाले फाईनल राउण्ड भने आगामी २८ अक्टोबर २०१७ मा अल्डर्सटको एम्पायर हलमा हुने आयोजकले जानकारी दिए । फाईनल निर्णायक र उपस्थित दर्शकहरुको भोटका आधारमा “पहिलो नेपाली डायस्पोराको आवाज” एभरेष्ट आईडल युके २०१७ छानिने छ ।

“बिदेशमा रियालिटी शो आयोजना गर्नु अत्यन्तै असहज हुने भए पनि नेपाली समाजमा रहेका प्रतिभाहरुलाई अगाडी बढ्न प्रेरणा दिने मुख्य उद्देश्यका साथ आर्थिक भार ब्यहोरेरै भए पनि एभरेष्ट आईडलका माध्यमबाट समाज सेवा गर्न प्रेरित भएकाले ईएमएच लिमिटेडले यो कार्यक्रम आयोजना गरिएको ईएमएच लिमिटेडका सिईओ ईश्वर चाम्लिङले जानकारी दिए । अवश्य पनि अवसरको खोजिमा रहेका प्रतिभाहरुले हौसला र विदेशमा पनि प्लाटफर्म दिने र एउटा अवसर प्राप्त गर्ने मेरो टिम बिश्वस्त रहेको छ” चाम्लिङले भने ।

युकेको ब्यस्तता र चर्को संघर्षबीच पनि नेपालीहरुको एउटा बेग्लै पहिचान बनाउँदै आएको टिम हो ”ई मेडिया हब युके” । जसले बेलायतमा थुप्रै कार्यक्रमहरुको आयोजना गरी नेपालीहरुलाई अझ नजिक पार्न सफल छन् । ‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ सांगितिक कार्यक्रम सकेसंगै ‘एभरेष्ट आईडल’को आयोजना गरी युकेमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने माध्यम ई मिडियो हब माध्यम बनेको उनले बताए ।

नेपालमा आयोजना हुने कार्यक्रम जस्तो सहज रुपमा बाध्यबादक लगायत दक्ष प्राबिधिकहरुको अभाबका बिच रियालिटी कार्यक्रम आयोजना गर्नु, तैरिनु नसिकी नदी तर्ने हिम्मत गरे जस्तै गाह्रो काम हुने कार्यक्रम संयोजक किसन राई अनुभव पोखे ।

उनले भने तर हामिले सके जती र सम्भब भएसम्म सम्पूर्ण कुराहरुको तर्जुमा गरेर कार्यक्रम गरिरहेका छौं, सिक्ने क्रममा पनि छौं, निकट भबिश्यमा टिभीमा नै प्रशारण गर्ने गरी यो एभरेष्ट आईडल युकेलाई अघी बढाउने हाम्रो योजना रहेको छ । बिदेशबाट उत्कृष्ठ प्रतिभा उत्पादन गर्ने मुख्य कार्यक्रम बनाउने हाम्रो उद्देश्य पूरा गर्ने हाम्रो लक्ष्य रहेको उनले बताए ।

प्रतियोगिता कै ढाँचामा कार्यक्रम आयोजना गर्नु पर्ने भएकोले पनि टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरु जस्तो फिनालेमा टप ३ जना मात्रै लाने जस्तो सजिलो हामीलाई छैन, सिमित समय अवधी भित्र सबै कुराको तर्जुमा र समय मिलाएर मात्रै बिदेशमा कार्यक्रम गर्न सकिन्छ त्यही कारण हामिले अहिले सेमी फाइनल देखी सहभागिताको १० देखी २० प्रतिसतलाई फाइनल राउण्ड लानु पर्ने बाध्यताले गर्दा अहिले केही बढी फाइनलिस्ट संख्या पुगेको बोर्ड अफे डाईरेक्टर किशार पुन बताउँछन ।

युकेमा रहेका गायक, गायिका, गीत तथा संगितकारहरुलाई अतिथीका रुपमा निमन्त्रणा गरिएको थियो भने कार्यक्रममा पिपल मोर्गेजका सूर्य गुरुङ प्रायोजकहरु मध्यबाट अतिथीका रुपमा उपस्थित भएका थिए ।

सेमिफाईनल राउण्ड अडिसनमा उपस्थित दर्शकहरुको अनुरोधमा निर्णायक द्वय गायिका शर्मिला बर्देवा र गायक बिसी राईले आफ्नो गीतसमेत प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको पहिलो अडिसन राउण्ड बेलायतको केन्ट आशफोर्डमा जुलाई २३ बाट शुरु गरिएको थियो । उत्साहका साथ अत्याधिक सहभागीतामा पहिलो अडिसनबाट निर्णायकको मन जित्ने २७ जना दोस्रो राउण्डको लागी छानिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *