एमालेको आमसभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्ता बोकेको बसमा पेट्रोल बम हाने

चैत्र १ बाँके,नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत एमालेले नेपालगन्जमा गर्न लागेको आमसभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा पेट्रोल बम हानेका छ ।

भे १ ख २०४२ नम्बरको बसले गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता ल्याएर आउँदै गर्दा बन्दमा गाडी चलाएको भन्दै पेट्रोल बम प्रहार गरिएको हो । पेट्रोल बम प्रहार गरिएको उक्त बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
बजारमा भने बन्दको खासै प्रभाव छैन। एमाले अध्यक्ष केपी ओलीलगायतका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने भनिएको सभामा गाउँ-गाउँबाट कार्यकर्ताहरुलाई ओसार्न एमालेले बसहरु पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *